भत्किएका सम्पदाहरुलाई खुल्ला चौरको रुपमा विकास गर्नुपर्छ

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७३

jyoti adhikariज्योति अधिकारी
पूर्वअध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशयसन अफ नेपाल (टान)
तथा अध्यक्ष,पर्यटन महासंघ नेपाल

० गत वर्ष भएको भुकम्प र नेपालले भोग्नुपरेको नाकाबन्दीका कारण शिथिल वनेको नेपालको पर्यटन व्यवसाय आजका दिनमा कहाँ आईपुगेको छ ? यसविचमा पर्यटन पुनरुत्थानका लागी सरकार र नीजि क्षेत्रवाट भएका पहलहरु कत्तिको प्रभावकारी भएका छन ?

भुकम्पछाडी हामीले अव पर्यटन क्षेत्र पुरानै अवस्थामा फर्कन करव दुई वर्ष लाग्छ भनेका थियौं । गत वर्ष करिव सात लाख पचास हजार पर्यटक नेपाल आएको देखियो । यस विचमा हुने वृद्धि भनेको प्राकृतिक वृद्धि नै हो । नेपाल आउने पर्यटकको संख्यालाई करिव दश लाख मान्ने हो भने आगामी वर्ष करिव दश लाख पर्यटक नेपाल आउने अनुमान गर्न सकिन्छ ।
पर्यटकलाई नेपालमा आकर्षित गर्न एउटा व्यक्ति मात्र लागेर हुँदैन, यसमा राज्यको भुमिका हुनुपर्छ । व्यक्ति वा नीजि क्षेत्रले चाहेर गुनासो मात्र गर्न सक्छ वा आफ्नो पुँजी लगाएर पर्यटकका लागी पूर्वाधार मात्र निर्माण गर्न सक्छ । सडक,वत्ति लगायतका ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छ । त्यसको अर्थ अहिलेको हाम्रो मुलुकको अवस्थामा राज्यलाई मात्र दोष दिएर पनि हुँदैन,विस्तारै सुधारका काम पनि भएका छन । अहिलेको लागी उदाहरणको रुपमा लोडसेडिङ अन्त्य निकै प्रशंशनिय काम भएको छ । अव यतिले मात्र हुँदैन,हामीकहाँ थुप्रै पूर्वाधारका कामहरु गर्न वाँकी छ । नेपालमा राज्यले ठूला–ठूला पूर्वाधारहरुको निर्माण नगर्दासम्म जतिसुकै कराए पनि पर्यटनको सोचेजसरी विकास सम्भव छैन ।

० वर्तमान पर्यटन मन्त्री पर्यटन क्षेत्र वुझेको व्यक्ति भनेर जसरी चर्चा भयो,उहाँको कार्यकालमा त्यस्ता उल्लेख्य कामहरु भएका छन ?

हुनत मन्त्री भएको यति छोटो समयमै ठूलो परिवर्तन त ल्याउन सम्भव छैन, तैपनी उहाँले पनि समस्यामा टेकेर निर्णय गर्न सक्नुभएको छैन । जसरी नेपाली जनताले वर्षौ देखि भोग्नुपरेको लोडसेडिङको समस्या पत्ता लगाएर उर्जामन्त्रले देशलाई नै लोडसेडिङ मुक्त बनाउने प्रयास गर्नुभएको छ, त्यसैगरी पर्यटन मन्त्रीले पनि समस्या पत्ता लगाएर सहि ठाउँमा हान्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो ।

० वर्षेनी नेपाल हुँदै ठूलो संख्यामा पर्यटकहरु कैलाश,मानसरोवर जाने गरेका छन । तर तिव्वत संगको नाका नखुलेका कारण पर्यटन क्षेत्रमा यसको कस्तो प्रभाव प¥यो ?

हो,तपाईंले भनेजस्तै अहिले पनि व्यवसायिहरुले कैलाश लान नाका खुलेन भन्ने गुनासो गरेको सुनिन्छ, तर समस्या त्यत्तिमात्र होईन । यहाँ त सवै मान्छेको ध्यान ठग्न र कमाउन मात्रमा छ । सिमा क्षेत्रका मान्छे कमाउन हतारिएका छन,कहाँ कसरी ठग्न पाईन्छ भनेर । हामीले पनि सुधार गर्नुप¥यो, सिमा क्षेत्रका मानसहरुमा पन केहि न केहि पर्यटकहरुलाई गर्नुपर्ने व्यवहार र सेवाका वारेमा ज्ञान हुनुप¥यो । चीनले अझै हामीलाई विश्वास गरेको छैन । सिमा क्षेत्रका वस्ति तथा सेवामा सुविधा र सुरक्षा पनि हुनुपर्छ । सिजनमा अहले पनि भद्रगोल छ । सिमा क्षेत्रको सेवा,सुविधा र सुरक्षामा सुधार नल्याउँदा सम्म नाका खुल्ने देखिँदैन ।

० पछिल्लो समय नेपालको पदयात्रा पर्यटन क्षेत्रमा पर्यटकलाई गरिने रेस्क्यु वा अन्य विभिन्न कारणले निकै विकृतिहरु बढेका छन भनिन्छ, यथार्थ के हो ?

हो, अहिले हामी नेपालीहरुको समस्या नै यहि हो । हरेक मान्छेमा आफ्नो काममा विचलन आएको छ । व्यवसायिहरुमा पनि छिटो पैसा कमाउन चाहने प्रवृत्ति बढ्दो छ । पदयात्रा व्यवसायमा पनि गलत मान्छेहरुले आफ्नो स्थान बनाएका छन । चिल्ला गाडीमा हिंड्ने, मिलेका सुट लगाएर हिँड्ने उनीहरुले राजनीतिक नेतृत्वलाई पनि प्रभावमा पारेका छन र गलत ढंगले धन आर्जन गरेका छन । तीनिहरुलाई राज्यले कार्वाही गर्नुप¥यो । यसको अर्थ यहाँ भित्र राम्रा मान्छे पनि छन,केहि गलत मान्छेहरु भएको भन्ने कुरा साँचो हो ।

० यहाँ त पर्यटन महासंघको अध्यक्ष पनि हुनुहुन्छ, महासंघको गतिविधि कसरी अगाडी बढिरहेको छ ?

हामीले एउटै व्यक्तिको होटल पनि छ, ट्रेकिङ पनि छ,¥याफ्टीङ पनि छ त्यसैले विभिन्न संस्थामा सदस्य भईरहनुको साटो एउटै संस्थामा सदस्य भए पुग्ने गरेर एउटा महासंघको सोच अगाडी बढाएका हौं । हामीले प्रयास गरेका हौं, यसमा पर्यटन क्षेत्रका सवै संस्थाको साथ चाहिन्छ । त्यसमाथि पनि पर्यटन क्षेत्रको स्थायी र ठूलो लगानी भएको क्षेत्र होटल नै हो । त्यसैले पर्यटन महासंघको लागी पनि हानले नै विशेष चासो दिनुपर्छ । तर यस विषयमा हानले खासै ध्यान दिएको छैन ।
अर्कोतिर पर्यटन क्षेत्रमा धेरै संस्थाहरु मात्र बनाएर अफिस मात्र चलाउने, कर्मचारी राख्ने,साधारणसभा गर्ने, खर्च वढि गर्ने भन्दा पनि ति सवै संस्थाको साझा संस्था पर्यटन महासंघ होस भन्ने हाम्रो चाहना हो,यसका लागी हामीले निरन्तर प्रयास गररहेका छौं ।

० होटल रष्टुराँहरुमा लिईंदै आएको दश प्रतिशत सेवा शुल्कमा विषयमा मजदुरहरुले राखेको मागका कारण सेवा शुल्क वारे नै पुर्नविचार गर्नुपर्ने हानले जनाएको छ । यस विषयमा यहाँको धारणा के छ ?

मलाई लाग्छ कि आजको महँगीमा होटलमा काम गर्ने कामदारको न्युनतम मासिक पारिश्रमिक २५ हजार रुपैयाँ नभईन्जेल सेवा शुल्क हटाउन मिल्दैन । न्युनतम त्यति तलव दिने हैसियत भएमा सेवा शुल्कको आवश्यकता छैन । हामीमा अझै पनि कर्मचारी लाई तलव नदिई काम लगाउन खोज्ने प्रवृत्ति कायमै छ ।

० यहाँ अघिल्लो वर्ष गएको भुकम्प पश्चात पुर्ननिर्माणका काममा सक्रिय हुँदै आउनुभएको छ । यो पुर्ननिर्माणमा लाग्ने प्रेरणा कसरी प्राप्त भयो ?

गत वर्ष भुकम्प गएपश्चात नै हामीले पहिलो दिन देखि नै काठमाडौंमा फुड क्याम्प सञ्चालन गरेका थियौं । दाल र भात मात्र पकाएर फुड क्याम्प चलाउँदा पनि मान्छेहरुको भिड लाग्यो । फुड क्याम्प करिव एक हप्तासम्म व्यवस्थित ढंगले चलिरह्यो । काठमाडौंको नयाँ वजार लगायत गोल ढुंगमा पनि हामीले फुड क्याम्प सञ्चालन गरेका थयौं ।
त्यसपछि हामीले तत्कालका उद्धारका काम गर्नेभन्दा पनि पुर्ननिर्माणका काममा ध्यान दिनुपर्छ भन्ने आवश्यकता महशुश ग¥यौं । त्यतिवेला अहिलेका वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल,तत्कालिन कानुनमन्त्री नरहरी आचार्य र परराष्ट्रमन्त्री महेन्द्रवहादुर पाण्डेलाई मैले दुई पृष्ठको पुर्ननिर्माणको सोचवारे लिखित सुझाव नै दिएको छु । त्यसैवेला हामीलाई हामीसंग नजिक रहेका विदेशी पर्यटकहरु वाट करीव चार करोड रुपैयाँ सहयोग प्राप्त भयो । त्यो रकमले हामीले भुकम्प स्मृति भवन र भुकम्प स्मृति स्तम्भ पनि निर्माण गरेका छौं । त्यसैगरि उत्तरी धादिङका विद्यालयहरुमा पाँच वटा भुकम्प प्रतिरोधि भवन निर्माण गरेका छौं ।

० एउटा व्यक्तिको प्रयासमा त भुकम्प पछि पुर्ननिर्माणका लागी यत्तिका काम सम्मन्न हुन सम्भव छ तर राज्यका तर्फवाट किन पुर्ननिर्माणका सन्दर्भमा खासै काम हुन सकेको छैन,यसका पछाडी के कारण छ भन्ने तपाईंलाई लाग्छ ?

वास्तवमा सरकारले पुर्ननिर्माणकै लागी भनेर पुर्ननिर्माण प्राधिकरणको पनि गठन गरेको छ तर पुर्ननिर्माण प्राधिकरण अनुभवहिनहरुको जत्था बन्न पुग्यो । प्राधिकरणले पुर्ननिर्माणमा लागेका व्यक्तिहरुका अनुभवहरु सुनेर योजना बनाउनुप¥थ्यो,तर प्राधिकरणले कसैको कुरै सुनेन । प्राधिकरण एसी गाडीमा हिँड्ने,गाउँ घरको वास्तविक अवस्था,गाउँघरका श्रमिक,जनसमुदाय र ग्रामिण ईलाकाको यथार्थ थाहा नभएका कागजी निर्णय गर्नेहरुको मात्र झुण्ड बन्न पुग्यो । बास्तवमा भन्ने हो भने आजसम्म पनि पुर्ननिर्माण प्राधिकरणले गाउँवस्तीको पीडावोध नै गर्न सकेको छैन । त्यसलै जतिसुकै कागजी निर्णयहरु गरेपििन काम हुन नसकेको हो ।

० भुकम्पका कारण हाम्रा धेरै पुरातात्विक र साँस्कृतिक धरोहरहरु भत्किएका छन,तिनिहरुको पुर्ननिर्माण कसरी र कहिले गनुपर्छ ? ति सम्पदाहरुका कारण पर्यटन क्षेत्रमा कस्तो असर पर्छ ?

मेरो व्यक्तिगत विचार भन्नुहुन्छ भने जुन–जुन भत्किएका सम्पदाहरु छन,त्यो सवैलाई खुल्ला चौरको रुपमा विकास गर्नुपर्छ । काठमाडौंमा अव कहिँ कतै खुल्ला क्षेत्र नै वाँकी छैनन । सिंहदरवार देखि रंगशाला विचको भुभागमा विशाल सेन्ट्रल पार्क निर्माण गरिनुपर्छ । पर्यटकहरु ति सम्पदाका कारण मात्र नेपाल आउने होईनन,अन्य धेरै कारण छ । ति सम्पदाहरुलाई पछि जे–जसरी निर्माण गरेपनि हुन्छ । अहिले धरहरा बनाउनुको साटो बाटो वनाउनुपर्छ । काठमाडौंका घर र कम्प्लेक्सहरु नै धरहरा भन्दा अग्ला भईसकेका छन । साभारः अर्थ र व्यापार साप्ताहिक