क्याम्पस छाडेका ७ उपप्राध्यापकले तलब पाएनन्

Avatar photo
Dhadingpost
शनिबार, माघ १५, २०७३

धादिङ माघ १५ । धादिङ स्थित आदर्श बहुमुखी क्याप्सस गजुरीमा कार्यरत उपप्राध्यापकहरू मध्ये ७ जनालाई क्याम्पस छाडेको लामो समयसम्म पनि नियानुसार प्राप्त गर्नु पर्ने तलब सुबिधा क्याम्पसले उपलब्ध गराएको छैन ।

वि.सं.२०७२ बैशाख देखि फागुन महिनासम्मको दशैं पेस्की समेत गर्दा १२ महिना सम्मको तलब क्याम्पस प्रशासनले उपलब्ध नगराएको पीडित उपप्राध्यापकहरूले धादिङपोष्टलाई बताए ।

क्याम्पस छाडेको लामो समयसम्म पनि तलब नपाउने उपप्राध्यापकहरुमा कल्पना कोइराला, कुलमणि शर्मा, कृष्ण रेग्मी, खिमानन्द पौडेल, दीपक सिम्खडा, जीवन निरौला, दीपेन्द्र थापा रहेका छन् ।

क्याम्पसमा कार्यरतहरुलाई पेस्की र अन्य शीर्षकमा समय समयमा तलब उपलब्ध गराउदै आए पनि क्याम्पस छाडिसकेका उपप्राध्यापकहरुलाई चाहि पक्षपातपूर्ण रुपमा तलब नदिएको उनीह । यस विरुले गुनासो गरेका छन् ।

क्याम्पस प्रमुख रुद्रप्रसाद दनैसँग उपप्राधापकहरुले माग गर्दै आए पनि उनले व्यवस्थापन समितिको मिटिङमा आएर तलब माग्नु मसँग होइन भन्दै झुलाउदै आउने गरेको र उक्त मिटिङ हुने समयमा नबोलाउने गरेको पीडित उपप्रध्यापकहरू बताउछन् ।