शिक्षक सहकारीको अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
आइतवार, पुस ३, २०७३


नारायण सिलवाल,
धादिङबेसी पौष ३ ।
धादिङका शिक्षकहरुद्वारा संचालित शिक्षक कल्याण वचत तथा ऋण सहकारी सस्था को छैटौ साधारणशभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

शिक्षक कल्याण वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष केशरीप्रसाद पन्तको सभापतित्वमा संचालित साधारण सभाले गरेका कार्य र लगानी र पूँजीको विषयमा प्रतिवेदन मार्फत प्रस्तुत गरीएको थियो ।

२०६७ साल असाज २० गते स्थापना भएको यस संस्थाको कुल सेयर पुजीं १५ लाख १२ हजार रहेको छ भने शेयर सदस्य संख्या ५ सय ४ जना रहेको छ । यस संस्थाको २०७२-२०७३ मा जम्मा वचत ५२ लाख ३८ हजार ४ सय ६८ छ भने ऋण लगानी ५८ लाख ६६ हजार १ सय ५६ रहेको छ ।

यस शिक्षक कल्याण वचत सहकारी सस्था संयुक्त स्वामित्व तथा प्रजातान्त्रिक भै आर्थिक सामाजिक तथा सास्कृतिक आवश्यक्ता र आकाङक्षाहरु पुरा गर्न स्वेच्छिक रुपमा एकजुट हुने व्यक्तिहरुको संगठनको रुपमा रहेको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका सचिव विष्णुप्रसाद कोइरालको प्रमुख आतिथ्यता रहेको साधारण सभामा एमाओवादी धादिङका सह इन्चार्ज रामबहादुर भण्डारीको विशेष आतिथ्यता रहेको थियो । साधारण सभाबाट पुनः कशरी प्रसाद पन्त अध्यक्ष रहने गरि १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।