३० मोर्चा लडेका धादिङका पूर्व जनमुक्ति सेना सँग विशेष अन्तवार्ता

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १, २०७३

(धादिङ सल्यानकोट निवासी किरण सिटौला ०५९ सालमा धादिङ दार्खामा भएको जनमुक्ति सेनाको तालिमका प्रथम सुटर हुन् । उनले कृष्ण भिर, लम्जुङको भिर पुस्तान रिपिटर टावर, पाल्पा, नवलपरासीको सुनौवल, रुकुमको खारा, मकवानपुरको झुरझुरे, रुकुमको खारा पछि रोल्पाको कोट गाउँ रांकोट लगाएत ३० भन्दा बढी मोर्चाहरुमा लडाई लडेका छन् । सेना समायोजनमा अयोग्यको फुलि भिरेर जिल्ला फर्केका सिटौला अहिले वैदेसिक रोजगारमा छन् उनै सिटौला सँगको विशेष अन्तर्वाता)


तपाई पूर्व जनमुक्ति सेना अहिले कता के गर्दै हुनु हुन्छ ?

  • खास म अहिले बिदेसमा छु, र म बिदेश बाटै देस र जनताको लागि राजनीति गर्ने गर्छु किनकि राजनीति नेपालमा मात्रै बसेर गर्नुपर्छ भन्ने छैन । तेसैले म बिदेशमा बसेर पनि नेपाली जनताको लागि राजनीति गर्ने गर्छु ।

तपाइले जनयुद्धलाई सम्झदा कति लडाईका मोर्चामा सहभागि हुनु भयो ?

  • मैले सानो ठुलो गरी ३० भन्दा बढी मोर्चाका लडाईमा सहभागि भएको छु कृष्ण भिर देखि लम्जुङको भिर पुस्तान रिपिटर टावर पाल्पा, नवलपरासीको सुनौवल रुकुमको खारा मकवानपुरको झुरझुरे, रुकुमको खारा पछि रोल्पाको कोट गाउँ रांकोट लगाएयतका मोर्चाहरुमा सहभागि भए ।

तपाई तात्कलिन माओवादीको कार्यकर्ता अहिले कता कुन माओवादीमा हुनु हुन्छ ?

  • म अहिले बिप्लब माओवादीमा छु ।

किन तपाई विप्लव तिर लाग्नु भो ? आखिर सेना समायोजन गरि आफ्ना सेनालाई अयोग्य बनाएर बाहिर पठाउँदा त विप्लव पनि सँगै थिए ।

  • म किन बिप्लब माओवादीमा लागे भन्दा अहिलेको नेपाली राजनीति परिवेशमा बिप्लबको बिचार र सिधाान्त सहि छ भन्ने मेरो बुझाइ छ, किनभने हामी जनयुद्ध लडेर आएका सिपाहीहरु हामी संसदीय (झुठ) बेबस्थालाई स्विकार्दैनौ र संसदीय बेबस्थाले जनतालाई अधिकार सम्पन्न बनाउछ भन्ने पक्षमा पनि म छैन, मालेमावादको सिद्धान्तमा हिड्ने कम्युनिस्ट पार्टी भनेको अहिलेको परिवेशमा बिप्लब माओवादी मात्रै हो । तेसैले म बिप्लब माओवादीमा लागेको हुँ । अर्को जुन कुरो उठाउनु भयो आफ्नो सेनालाई अयोग्य बनाएर पठाउदा बिप्लब पनि थियो भनेर, त्यो कुरो म स्विकार्दिन किनकि बिप्लबले तत्कालीन जनमुक्ति सेनालाई अयोग्य बनाउने खेलमा कहिँ कतै सहमत गर्नु भएको छैन, अज उहाले त बिरोध गर्नु भएको थियो अहिलै सेना समायोजन गर्ने बेला भएको छैन । हतियार बुजाउने बेला भएको छैन यदि हामीले आजै हतियार र सेना बुजायौ भने भोलि प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध भयानक ठूलो चाल चल्न सक्छ भनेर अध्यक्ष प्रचण्डलाई सम्जाउनु भएको थियो तेहि कुरालाई अध्यक्ष प्रचण्डले बेवास्ता गर्दा आज प्रचण्ड आफै भुमरीमा फस्दै हुनुहुन्छ, तपाईंले प्रष्ट देख्नु भएकै छ । आज देस र जनताको भबिस्य अन्धकार तिर धकेलिदै छ, दैनिक जीवन कष्टकर बन्दै छ, देस साम्राज्यवाद र बिस्तार वादको खेल मैदान बनेको छ र देस पस्चगमन र निरङ्कुस्ताको दिसामा जाँदैछ, यो अवस्था बाट देसलाई पार लगाउनको निम्ति क्रान्ति बाहेक अर्को बिकल्प हुन सक्दैन, नयाँ जनवादी दिसामा समाजलाई डोर्‍याउनुको बिकल्प छैन । तेसको नेतृत्व बिप्लबले गर्ने छ तेस कारण मलाई बिप्लब माओवादीनै ठिक लाग्छ ।

पूर्व जनमुक्ति सेनाको हैसियतले तपाईलाई विप्लव प्रति घृणा किन जाग्दैन उनले क्रान्ति गर्दछन् ?
जनयुद्ध फेरि के का लागि ?

  • बिप्लब प्रती घृणा होइन आसा गर्न सक्नुपर्छ किनकि कि बिप्लबले नेपाली क्रान्ति र नेपाली जनतालाई आज सम्म धोका दिएको छैन । आज सम्म उहाँ क्रान्ति बाट बिचलित भएको पनि छैन, मलाई घृणा त उनिहरु संग लाग्छ जसले नेपाली क्रान्ति र जनयुद्धलाई डलरमा बेचेर 12औं हजार सहिदको रगत माथी होलि खेलेर बिदेशी रिमोट बाट चल्दैछ, यहाले अर्को जुन कुरो उठाउनु भएको छ जनयुद्ध फेरि केका लागि? तपाईं यहाँनेर प्रष्ट हुनुस हामीले जनयुद्धको घोषणा गरिसकेको छैनौं पहिलो कुरो दोस्रो कुरो जनयुद्ध केका लागि गरिन्छ र के हो जनयुद्ध यो अत्यन्तै जटिल कुरो उठाउनुभएको छ । कसैको रहरले गरिने चिज होइन जनयुद्ध, त्यो त बर्ग बर्ग बिचको हुने बिभेतले निम्त्याउने संघर्ष हो, जहाँ निम्न बर्ग सर्बहारा बर्ग गरिखाने बर्ग माथी राज्यले अधिकार दिनुको साँटो अन्याय अत्याचार र दमन गर्छ भने राज्यको विरुद्ध जनताले आफ्नो अधिकार प्राप्तिको लागि हतियार उठाउन बाध्य हुनेछ या जनयुद्ध गर्न बाध्य हुनेछ ।

जनयुद्धमा जनताले फेरि साथ दिन्छन् भन्ने प्रमाण के छ ? जनतात युद्धबाट आजित छन् ?

  • न्याय र मुक्तिको लागि लागि जनताले साथ दिने, जनता आफैले न्यायको बाटो खोजिरहेको छ तेसको नेतृत्व बिप्लब माओवादीले गर्ने हो ! जनतालाई संसद वादी पार्टीहरुले जेलमा थुनेको बन्दिलाई जस्तो गरि थुनेर राखेको छ वास्तवमा जनता त्यो जेल बाट मुक्त हुन चाहान्छ भने त्यो जेल तोड्ने संघर्षको नेतृत्व बिप्लब माओवादिले मात्रै गर्न सक्ने भएको हुनाले न्याय र मुक्तिको निमित्त हुने बर्ग संघर्षमा जनताले साथ यसमा कुनै दुइमत छैन!

kiran-sitaulaविप्लव माओवादीको गतिविधि त खासै देखिदैन तपाईहरुको समर्थन व्यर्थ ?

  • बिप्लब माओवादीको चहलपहलले देशमा हलचल ल्याउदै छ, यहाँले कसरी देख्नु भएन बिप्लब माओवादीको चहलपहल ? देशमा अहिले जुन खालको चहलपहल हुँदै छ बिप्लबको यसले सिंहदरवारमा भुकम्पनै गएको छ, संसदवादी दलहरू आँत्तिराखेको अबस्थामा मैले बिप्लबलाई समर्थन गर्दा कसरी मेरो समर्थन व्यर्थ हुने ? आम नेपाली सर्बहारा जनताले बुजिसकेको छ नेपाली श्रम जिबि बर्गको आस्थाको केन्द्र भनेको बिप्लब माओवादी मात्रै हो भनेर, यसमा व्यर्थ मान्न पर्ने कुनै कारण नै छैन ।

हजारौ पूर्व जनमुक्ति सेना रहेको भनिएको विप्लव माओवादीको चाला पनि खास उप्लब्धी मुलक देखिएको छैन भन्न मिल्छ ?

  • के बिप्लब माओवादीले पनि अन्य सांसद वादी पार्टीले जस्तो भ्रष्टाचार गरेर राजनीति गर्न पर्ने हो र ? होइन भने हाम्रो पार्टीले त धेरै महत्त्वपूर्ण राजनीति उपलब्धि गरेको छ । जहाँ जनताको विरुद्ध जानेहरुलाई कार्वाही गरेका छौँ कालाबजारी गर्नेहरुलाई जनताको अगाडि कार्वाही गरेका छौ जहाँ राज्यले न्याय दिन नसक्ने ठाउँमा जनतालाई न्याय दिलाएका छौ । भ्रष्टाचार गरेर जनतालाई दुख दिने हरुलाई विभिन्न कार्वाही गरेका छौ जो जनताको पक्षमा, के राजनीति उपलब्धि होइन र? हो हामी हजारौं पुर्ब जनमुक्ति सेनाहरु यो पार्टीमा छौ, तर अहिलेनै हामी युद्ध लडेर फौजी उपलब्धि हाँसिल पक्षमा छैनौ किनकि तेसको पनि बेला र समय छ, यदि जनताले उठाएको राजनीति भासालाई राजनीति अधिकारलाई राज्यले सुनेन भने हामी फौजी ढंगले अगाडि बढेर जाने छौ, र फौजी ढंगले राजनीति उपलब्धि हासिल गर्ने छौ जुन उपलब्धि देस र जनताले खोजेको र चाहेको पनि तेहि हो!!अहिले पनि राजनीति उपलब्धि भएको छैन भनेर बुज्न गलत हो ।

फागुुन महादिवेसनका एजेण्डा र कार्यदिशा बारे तपाईलाई केहि जानकारी छ ?

  • अहिले नेपाली राजनीतिमा लागेको कालो बादल हटाउनको निम्ति हामीले कस्तो रणनीति अप्नाउने भन्ने कुरो हुन्छ पहिलो । दोस्रो कुरो हामी एकीकृत जनक्रन्ती मार्फत नयाँ जनवादी बेबस्था स्थापना गर्न चाहान्छौ र सर्बहारा जनताले चाहेको बेबस्था पनि तेहिनै हो, यो बेबस्था स्थापना गर्नको लागि कुन र कस्तो रणनीति अप्नाउने भन्ने बिसय र बिगतको जनयुद्धको उपलब्धिलाई रक्षा गर्दै नेपाल र नेपाली जनताको अधिकार प्राप्तिको निम्ति आगामी दिनमा रणनीति कस्तो बनाउने भन्ने कुरानै मुख्य एजेन्डाहरु हुन ।

अन्त्यमा केहि भन्नु छ कि विप्लव माओवादी लक्षित ?

  • म आफै बिप्लब माओवादीको सक्रिय युवा कार्यकर्ता हुँ म जस्तो हजारौं सक्रिय कार्यकर्ता जनताले बिप्लबको बिचारलाई साथ दिइएको छ । यति ठूलो साथ र समर्थन हुदाहुदै पनि उहाले एकीकृत क्रान्तिलाई ठिक ढंगले नेतृत्व गर्नुभएन भने उहालाई पनि माफी दिने छैनौं र जनताले उठाएको बिसयलाई संसदीय दलहरुले बेवास्ता गर्दै गहिरिएर जनयुद्धको घोषणा गर्न ढिलाइ नगर्नुहोस् भन्न चाहान्छु ।