धुर्मुस सुन्तलीको ज्योति हेर्न धादिङबेसीमा भीड

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २५, २०७३

धादिङबेसी मंसिर २५ । धादिङबेसी स्थित खुल्ला मञ्चमा धुर्मुस सुन्तली हेर्न हजारौको भिड लागेको थियो ।

बालमैत्री देश निर्माणको अभियान लिएर अघि बढेका हाँस्यकलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली को चलचित्र ‘ज्योति’ देखाउन शुक्रबार उनीहरु आए पछि धादिङबेसमिा हजारौंको उपस्थिति भएको हो ।

साँझ ६ बजे देखि सुरु भएको धादिङमा धुर्मुस सुन्तली फाउण्डेसनको फिल्म ज्योति पछि धुर्मुस सन्तले दशएकहरुलाई केहिबेर हसाएर मनोरञ्जन दिएका थिए ।

नयाँ पुस्ताको सोचलाई सकारात्मक बनाउन सकेमा देशको भविष्य उज्वल हुने कुञ्जना घिमिरेको भनाई छ । बालमैत्री स्थानीय शासनका ३९ सूचक समावेश गरेर बनाइएको चलचित्र ‘ज्योति’ले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा धेरै सहयोगी बन्ने अपेक्षा लिइएको छ । समाजसेवी तथा हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली ले देशलाई बालमैत्री बनाउने घोषणा गरेका छन् ।

धादिङबेसी स्थित खुल्लामञ्चमा बालमैत्री स्थानीय शासन सम्बन्धी फिल्म ‘ज्योति’ प्रर्दशन समारोहमा बोल्दै उनीहरुले देशलाई बालमैत्री बनाउने घोषणा गरेका हुन् । बालमैत्री देश बनेमा मात्र समृद्ध नेपाल सम्भव रहेको भन्दै उनीहरुले त्यसका लागि नयाँ अभियानको सुरुवात गरेको बताएका छन् ।