धादिङका पत्रकार रामेश्वर कार्की सम्मानित

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २५, २०७३

धादिङ मंसिर २५ । धादिङका पत्रकार तथा अर्थतन्त्र डटकमका प्रधान सम्पादक रामेश्वर कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित हुनुभएको छ ।

काठमाडौंमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् नाट्टा ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ कार्कीलाई प्रदान गरिएको हो ।

कार्की धादिङमा रहेर विभिन्न पत्रपत्रिका, टेलिभिजन हुदै अहिले काठमाडौमा अर्थतन्त्र डटकमको प्रधान सम्पादक रहेर पत्रकारीता गर्दै आउनु भएको छ । प्रेस चौतारी धादिङको अध्यक्ष बनि सक्नु भएको काकी अहिले पनि प्रेस चौतारीको नेता हुनु हुन्छ । नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नगद सहित अवार्ड हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा नाट्टा प्रथम उपाध्यक्ष एवं स्वर्ण जयन्ती समारोह संयोजक सिएन पाण्डेले अतिथि एवं सहभागी र सहयोग पुर्याउनेलाई धन्यवाद ज्ञापन गरेका थिए । नाट्टाका अध्यक्ष मधुसुदन आचार्यको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्यटन क्षेत्रका संघ, संस्था, ४० भन्दा बढि विदेशी पर्यटन विज्ञ अतिथिहरुको उपस्थिति रहेको थियो ।