बुढीगण्डकी आयोजना : खेर जान्छ अाधा पानी

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २३, २०७३

budigandaki-intecकाठमाडौं, २३ मंसिर । बुढीगण्डकी जलाशययुक्त आयोजनाको कुल जलभण्डारमा आधा पानी उपयोग गर्नै नमिल्ने (डेड स्टोरेज) गरी डिजाइन गरेको फेला परेको छ ।

बाँध बाँधेर नियन्त्रण गरिने पानीलाई सुख्खायाममा अमृत समान मानिए पनि बुढीगण्डकीको परामर्शदाता ट्रयाकवेलले आधा पानी सिँचाइ तथा बिजुली उत्पादनमा उपयोग गर्न नसकिने गरी डिजाइन गरेको हो ।

बुढीगण्डकीको कुल ४५ किलोमिटर लामो जडभण्डारमा चार अर्ब ४० करोड क्युबिक मिटर पानी जम्म हुन्छ । कुल आयतनमध्ये दुई अर्ब २० करोड क्युबिक मिटर पानीमात्र उपयोग र्न मिल्नेगरी डिजाइन गरेर बढीगण्डकी जलविद्युत आयोजना विकास समितिलाई परामर्शदाता ट्रयाक्वेलले एक वर्षअघि बुझाएको हो ।

भारतले सुरु गरेको नदी जोड योजनालाई सघाउ पुग्ने गरी बूढीगण्डकीको पानीलाई उपयोगहीन बनाइएको तर्क जलस्रोत क्षेत्रका ज्ञाताहरूले गरेका छन् । यस्ताखाले जलभण्डारमा सामान्यतया १० प्रतिशत पानी मात्र डेड स्टोरेज राख्ने विश्वव्यापी चलन छ ।

परामर्शदाता ट्र्याकवेलले बुझाएको डिजाइन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर माथि टिप्पणी गरी उपयुक्त रायसुझाव पेस गर्न समितिले पूर्वजलस्रोतमन्त्री तथा जलस्रोतविद् दीपक ज्ञवालीको नेतृत्वमा विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक दीपकप्रसाद उपाध्याय र विद्युत् विकास विभागका पूर्व उपमहानिर्देशक दामोदर भट्टराईसहितको टोलीलाई जिम्मा दिएको थियो । आजको अन्नपूर्ण पोस्टमा खबर छ