झुक्नु पर्छ, झुक्न जान्नु पर्छ, एकतामा बल हुन्छ

Avatar photo
Dhadingpost
शनिबार, मंसिर १८, २०७३

सोनु सिजापती

म एक सामाजिक प्राणी हु, म यहि समाजमा जन्मिए हुर्किए बढे, मलाई यो समाजको माया छ, र मलाई यो समाजको माया ममता र स्नेह को खाचो छ । अनि यो समाजमा रहेका जो शारीरिक रुपमा, ममनसिक रुपमा, आर्थिक रुपमा, अशक्त भएर जीवन गुजारा गरिरहेका छन् तिनीहरुको लागि आज मेरो आवश्यकता भएको मैले महसुस गर्न थालेको छु । किनकि मेरो जन्मनै उनीहरुको सेवा गर्नु कै निम्ति हो ।

यो समाजमा बसेर जन्मिएर मैले ती दिन दुखिहरुको सेवामा आफुलाई समर्पित गर्न सकिन भने म मानव भएर जन्मनु बेकार छ । हाम्रो धर्मशास्त्रले पनि यहि भन्छ कि एक हातले कमाउ अनि हजार हातमा बाडेर खाउ यहि नै मानव धर्म हो । जो आफ्नो लागि मात्र कमाउछन् र आफुले मात्र खान्छन् ती मानव हैनन् । तिनै यो समाजका पापी हुन मानवको रुपमा राक्षस हुन ।

समाजमा बस्ने एक सामाजिक प्राणीभएर पनि कोही कोहिले आफुभन्दा कमजोर माथि दमन गर्ने थिचोमिचो गर्ने अन्याय अत्याचार गर्ने गर्छन् । यो सब किन र के का लागि गर्छन् ? के समाजमा आफ्नो बल देखाउदैमा ठुलो होईन्छ र ? अरु माथि अन्याय अत्यचार गरेर दमन गरेर यो संसारमा कोहि ठूलो भाको छैन । चराचुरुङ्गीहरु मात्र आफ्नो पखेटाले उडेर रुखको टुप्पोमा पुग्छन् । मान्छेले मान्छेलाई दबाएर कोहि ठुलो हुदैन कोहि माथि पुग्दैनन् । मान्छे ठूलो हुनु छ माथि पुग्नु छ भने समाजमा झुक्नु पर्छ झुक्न जान्नु पर्छ, त्यहि ठुलो हुन्छ । अरुको मन दुखाएर अरुलाई रुवाएर कोहि ठुलो हुन सक्दैनन् ।

यो विश्व समाज हामी सबै एउटै ईश्वर का सन्तान हौ । यहाँ जो-जो र जे-जे छन् कोहि साना र कोहि ठुला छैनन् । हामी सबै एउटै परिवार का सदस्य हौ । हामी सबैले मिलेर बस्नु र मिलेर एक अर्कोलाई सर सहयोग को आदन प्रदान गरेर आफू पनि बच्नु पर्छ र हामीले अरुलाई पनि बचाउनु पर्छ । मान्छेको रुप मात्र धारण गरेर हुँदैन समाजमा बसिसके पछि मनुष्य हुन सक्नुपर्छ । मेरो उद्धेश्य र मेरो लक्ष्य समाज संग सत्रुता पूर्ण व्यवहार गर्नु हैन । सबै संग हातेमालो गरेर मित्रता पूर्वक आत्मिय रुपमा हाँसो र खुसि एक आपसमा बाडनु नै हो ।

कोहि अन्यायमा नपरौ र अन्याय सहेर पनि नबसौ । आज वनको बाघले छिमेकीको बाख्रा खायो भने । उस्को खायो मेरो त खाएन भनेर चुपचाप लागेर नबसौ । वनको बाघ र दुष्ट मानिस कसैको पनि आफ्नो हुँदैन । बाघले भोलि गएर आफ्नो घरको पनि बाख्रा खान सक्छ बाख्रा नभेटेपछि त्यसले आफैंलाई पनि खान सक्छ ।

त्यसैले अन्याय र अत्यचारको निम्ति एकताबद्ध हुन र ती दुष्ट मानव रुपि जङ्गली बाघलाई खेदाउनको निम्ति म मेरा सम्पूर्ण साथि भार्इ आफन्त छरछिमेक मान्यजन गुरुहरु समाजमा बस्ने सामाजिक कार्यकर्ताहरु संग विनम्र अनुरोध गर्दछु । एकतामा नै बल हुन्छ हामीमा एकता भए हामी कसैले पनि अन्याय अत्यचार सहनु पर्दैन । यसरी नै गाउँ समाज हुँदै हाम्रो देशमा भएका लुटेरा भ्रष्टाचारीहरुलाई हामी डाडा कटाउन सक्छौ ।