उपभोक्ता समितिको गठन गरी योजना सम्झौता गर्ने सूचना

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १७, २०७३

ddc
जिल्ला विकास समितिको कार्यालय  धादिङबाट आ.ब. ०७३/०७४ मा उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने योजनाहरुको उपभोक्ता समितिको गठन गरी योजना सम्झौता गर्ने मिति २०७३/६/१ मा सूचना प्रकाशित गरी आह्वान गरिएकोमा हालसम्म पनि उपभोक्ता समिति गठन गरी योजना सम्झौता गर्न नआएकाले यथाशिघ्र सबै योजनाहरुको समिति गठन गरी पौष मसान्त भित्र सम्झौता गर्न सबै राजनैतिक दल, समाजसेबी, बुद्धिजीवि, गा.वि.स. सचिव लगायत सरोकारबाला सबैमा यो सूचना जारी गरिएको छ ।

यस आ.व ०७३/०७४ मा पुरक बजेट आउन सक्ने भएकोले तोकिएको समयभित्र योजना सम्झौता गर्नु हुन सबैमा यो सूचना प्रकाशित गरिएको छ । अन्यथा समयमा सम्झौता नगर्ने योजनाहरुको रकम र्फिता भई जाने व्यहोरा समेत यसै सूचनाद्धारा जानकारी गराइन्छ ।

                                                                                       स्थानीय विकास अधिकारी
                                                                            जिल्ला विकास समितिको कार्यालय धादिङ