मन्त्री नआउने, साँस्कृतिक कार्यक्रम स्थगित, जात्रा आज देखि…

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १६, २०७३

धादिङ मंसिर १६ । नेपालको प्रमुख जात्राहरु मध्ये त्रिपुरासुन्दरीको अनौठो जात्रामा नेपाल सरकारका उर्जा मन्त्री जनार्दन शर्मा प्रभाकर नआउने हुनु भएको छ ।

विगतका वर्षहरुमा जस्तै माओवादी केन्द्रले यस ऐतिहासिक जात्राको अवसरमा त्रिपुरासुन्दरी भगवतीको मन्दिर परिषरमा मंसिर १७ गते उर्जा मन्त्री शर्माको प्रमुख आथित्यतामा साँस्कृतिक कार्यक्रम आयोजना गरेको थियो मन्त्री नआउने भएपछि कार्यक्रम नै स्थिगित गरेको हो ।

माओवादी केन्द्रको पोलिट ब्यूरो बैठकमा सहभागि हुनुपर्ने बताउदै मन्त्रि शर्माले फोनबाट आफु आउन असमर्थ रहेको जानकारी दिए पछि केहि बर्ष देखि नियमित माओवादी केन्द्रले गर्दै आएको साँस्कृतिक कार्यक्रम स्थगित हुन पुगेको छ ।

धार्मिक मिन्दर परिषरमा जात्राको दिन पार्टीको कार्यक्रम त्यति प्रभावकारी होईन, भन्दै आएका अन्य राजनीतिक दलहरुले माओवादी केन्द्रले कार्यक्रम स्थगित गरेर राम्रो गरेको बताएका छन् ।

जात्रा आज साँझ साल्यानकोट मन्दिरमा लाग्छ भने भोलि बिहान सल्यानकोटबाट भगवतीलाई आगिञ्चोक स्थित हाँसेपसल नजिकै मिन्दरमा ल्याईने छ र दिनभर उक्त मन्दिर परिषरमा जात्रा लाग्ने छ ।

जात्राको महत्वपूर्ण पक्ष

१. धादिङको सल्यानकोटमा रहेकी त्रिपुरासुन्दरी भगवतीको उत्पतीको विभिन्न खालेको किंबदन्ती भेटिन्छ । श्रीस्वस्थानीमा उल्लेख भए अनुसार यज्ञकुण्डमा हामफालेकी सतिदेवीको मृत शरीर बोकेर भगवान शिवले पृथ्वीलोक भ्रमण गर्दा शतीदेवीको कण्ड्यौलो पतन भएको उल्लेख छ ।
नुवाकोट आक्रमणमा निस्केका राष्ट्र निर्माता पृथ्वीनारयाण शाहको नुवाकोट आक्रममा जाने क्रममा गोर्खाबाट आउँदा यही स्थानमा बास परेको र सपनामा एउटी बालिकाले हातमा खड्गसहित विजयी हुने बरदान दिएको कुरा पृथ्वीनारायण शाहको दिव्योपदेशमा उल्लेख छ ।

२. सदरमुकाम धादिङबेंसीबाट ४० किमी उत्तरतर्फ पर्ने सल्यानकोट गाँउ विकास समितीको हटीयाको मन्दिरबाटबाट आगिन्चोक गाँउ विकास समितीको हाँसेमा भएको मन्दिरमा ल्याई देवि भित्र्याउने भित्राउने चलन रहि आएको छ । प्राचीनकालदेखि शाहवंशीय राजाले विशेष महत्वका साथ सो स्थानमा पूजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । त्रिपुरासुन्दरीको सल्यानकोट गाविस–५ मा रहेको २ वटा मन्दिरमध्ये घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ, जुन मामाघरको रूपमा प्रसिद्ध र आगिन्चोक– १ स्थित सल्यानबेंसीमा गरेर तीन मन्दिर छन् ।

३. सल्यानकोट थुम्कोमा रहेको मन्दिरलाई दशैंघर भनिन्छ कतिपयले सो मन्दिरलाई भगवतीको मामाघरको रुपमा समेत हेर्ने गर्दछन् ।
अर्को मन्दिर सल्यानकोट गाविसको वडा नम्बर ५ कै पश्चिम थुम्कोमा । जुन मन्दिर भगवतीको मूल मन्दिर हो । यो मन्दिरमा वर्षको अधिकांश समय भगवतीलाई राखेर पुजा आराधाना गरिन्छ । आगिन्चोक गाविसको वडा नम्बर १ स्थित गणेस्थान नजिकैको हाँसेपसल छेउमा रहेको मन्दिरलाई माइती घरका रुपमा चिन्निन्छ ।

४. भगवतीको मूर्ति रहेको विश्वास गरिएको बाकस पुजारीले पिँठ्युमा बोकेर करिब तीन घन्टाको पैदल दूरी पार गर्दै सल्यानबेंसीको मन्दिरमा ल्याउने गरिन्छ ।

५. भगवतीलाई बेसीको मन्दिरमा लैजाने साइत दशैंको टीकाको दिन हेर्ने र तिहारको भाइटीकाको दिन त्यसलाई सार्वजनिक गर्ने चलन छ त्यहि क्रम अनुसार यो वर्षको जात्रा मंसिर १६-१७ गते हुन गईरहेको हो ।

६. मन्दिर प्रवेश गर्ने बेलैमा रानामगर, सापकोटा र तिमल्सिनाले भगवतीको स्वरूपबारे कसैलाई जानकारी गराउँदिनँ भनेर कसम खाने पुरानो प्रचलन अहिले पनि छ। यी तीन थरबाहेक मन्दिर पुग्ने जोसुकैले पनि मन्दिरको मुख्यढोकाबाटै भगवतीलाई पूजा–आजा गर्नुपर्ने नियम छ ।

७. मङ्सिरदेखि चैतसम्म भगवतीलाई आगिन्चोक गाविसस्थित बेसीको मन्दिरमा राखिन्छ, जुन भगवतीको माइतीको रूपमा प्रचलित छ। सल्यानकोट गाविसकै पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिनाभन्दा बढी समय भगवतीलाई त्यही पूजाआजा गरिन्छ।

८. धादिङ्गको त्रिपुरासुन्दरी भगवती हुन् जुन जसलाई वर्षमा ३ फरक फरक मन्दिरमा लगेर पुजा आजा गरिन्छ यस्तो नेपालको कुनै मिन्दर पनि छैन ।

९. भगवतीको लागि ४ सय २२ मुरी जमिन गुठीको रुपमा रहेको छ ।

१०. काठमाडौंबाट करिब १ सय ३० किलोमिटर पश्चिममा अवस्थित यो मन्दिर स्थानीयबासीन्दाको लागि निक्कै आस्था र विश्वासको केन्द्र बनेको छ ।