सुडानमा कार्यरत दुई नेपाली अपहरणमा

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर १४, २०७३

काठमाडौं, मंसिर १४ । सुडानस्थित संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालयमा कार्यरत दुई नेपाली विद्रोही समूहको अपहरणमा परेका छन् ।

पश्चिम डार्फर राज्यको राजधानी जेनेइनाबाट आइतबार दुई नेपाली र एक स्थानीयलाई विद्रोही समूहले अपहरण गरेको हो ।

परराष्ट्रसचिव शंकरदास वैरागीले अपहरित नेपालीहरूको खोजीका लागि न्युयोर्क तथा जेनेभास्थित नेपाली मिसनबाट राष्ट्रसंघ मुख्यालयसँग समन्वय भइरहेको बताएको छ ।

युएनएचसिआरका कर्मचारीलाई अपहरणकारीले जबर्जस्ती गाडीमा हालेर अज्ञात स्थलतर्फ लगेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

जेनेइनाको मुख्य मस्जिदनजिकैबाट उनीहरू अपहरणमा परेको स्थानीयले जानकारी दिएका छन् । सन् २००३ देखि डार्फरमा विद्रोही समूहले हिंसात्मक संघर्ष जारी राखेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।