सेमजोङमा टनेल भित्र गोलभेडा खेती अवलोकन

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर १०, २०७३

नारायण सिलवाल
धादिङ सेमजोङ, मंसिर १० । उत्तरी धादिङको सेमजोङ गाविस वडा नं ५ मा रहेको टनेल भित्र गोलभेडा खेती अवलोकन बिहिबार अवालोकन गरिएको छ ।

जे. आई. जेड. को आर्थिक सहयोग र ग्रामीण प्रर्बद्धन केन्द्र नुवाकोटको आयोजनामा गोलभेडा खेती गरिएको टनेलको अवलोकन गरिनुका साथै साना किसान सहकारीको भवनको समेत उद्घाटन गरिएको हो ।

जे. आई. जेड. संस्थाले कोको मेन्दो महिला कृषि सहकारी संस्थामा आबद्ध भएका महिलाहरुलाई स्थानिय स्तरमा नै उत्पादन भएका अदुवा र लप्सीबाट बन्ने परीकारको बारेमा १५ दिने तालिम समेत संचालनमा रहेको छ ।