धादिङ महोत्सव विशेष अन्तरवार्ता

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ९, २०७३

  • महोत्सवको तयारी कहाँ पुग्यो ?

– हामी पाचौँ धादिङ महोत्सव गर्न गै राखेका छौँ । अहिले सम्म ७५% प्रतिशत काम सम्पन्न गरि सकेका छौं । स्टल, वाल उद्यान लगायत व्यवसायक स्टलहरु बुक भै सकेका छन् । विषयगत समिति, उप–समिति निर्माण भइ कामहरु भै राखेका छन् । अहिले हामी महोत्सव भन्दा पहिला गर्नुपर्ने विशेष प्रचार–प्रसार पुर्व तयारीको रुपमा गर्नुपर्ने सबै कार्यहरुमा सम्पन्न गरि सकेका छौं ।

  • स्टल र मुल आयोजक समिति बारे केहि बताइदिनुस् न ?

– यस महोत्सवमा महोत्सव भित्र व्यवसायिक, कृषि, प्रदर्शनी लगाएतका १५० स्टल रहन्छ । १२० वटा व्यवसायिक स्टल हुन्छ, अन्य ३० मा घरेलु, कृषि र प्रदर्शनी गर्ने खालका स्टलहरु रहन्छ । महोत्सव भित्र स्वस्थकर खाना खुवाउने उद्देश्यले ८ वटा मात्र होटलका स्टल राख्ने भएका छौं । यस भित्र जिल्लाको पर्यटन पर्वद्धन गर्नुपर्ने खालका स्टल पनि रहन्छ ।

  • व्यवसायीहरुले स्टल कसरी बुक गर्न सक्छन् ?

– महोत्सवमा स्टल लिनेका लागि मंसिर २५ सम्म बुकिङ गरिसक्नु पर्नेछ र अहिले सम्म व्यवसायिक प्रयोजनको लागि दिने भनेको १२० वटा स्टल बुकिङ भै सकेको अवस्था छ । अव हामीसंग बुक भर्न व्यवसायिक स्टल बाँकी छैन ।

  • पाँचौ धादिङ महोत्वसको मुख्य आर्कषण के के बन्न सक्लान् ?

– हामीले पाचौ धादिङ महोत्सव भन्दा पनि २०६४ सालमा भएको महोत्सव देखि नैै जिल्लाका स्थानिय उत्पादनहरुलाई प्रवद्र्धन गर्ने मुख्य उद्देश्य हो । त्यसै अनुरुप हामीले अहिले पाँचौ धादिङ महोत्सवमा हाम्रो कृषि प्रदशनी साता तथा घरेलु उत्पादनको प्रदर्शनी तथा विक्रि वितरण राष्ट्रिय तथा स्थानीय प्रर्वद्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानिय राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शन तथा विक्रि हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण, जडिवुटिको प्रदर्शनी विक्रि तथा जातकारी हाम्रो जिल्लामा भएका आदिवासीहरुको भेषभुषा, सँस्कृति तथा रहनसहनको प्रदर्शनी रहेको छ । त्यस्त गरी अटो मोवाइल्सको प्रदर्शनी तथा विक्रि वितरण र रमाइलो मेला बालउद्यान लगायत विभिन्न खालका कार्यक्रमहरुलाई आकर्षण बताउँदै जिल्लामा आर्धिक गतिविधिहरु संचालन गर्ने र हामी व्यापार व्यवसाय अलि फराकिलो ढङ्गले गर्नुपर्छ । परम्परागत व्यवसायबाट अलिमाथि उठ्नु पर्छ भन्ने नै महोत्सवको एजेन्डा रहेको छ ।

  • महोत्सवबाट के अपेक्षा लिन सकिन्छ ?

– यो वर्षको मेलाको अपेक्षाका हिसावले २ वटा पाटो हुन्छन् । एउटा पाटो आर्थिक समृद्धिको लागि गरिन्छ र अर्को जिल्लामा हामीले व्यवसाय गरि राखेका छौँ । परम्परागत व्यवसायबाट अलि माथि उठेर आथिक रुपमा अलि सक्षम सवल बनेर स्थानिय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने र जिल्लामा आन्तरिक र वाह्य पर्यटकको आगमन हुने र आर्थिक क्षेत्रमा व्यपार व्यवसाय वढाउने व्यवसायीहरुको स्तर माथि उठाउने मुख्य हाम्रो आकर्षण रहन्छ ।

  • बाल उद्यान रमाइलो मेलाले जिल्लाको पैसा वाहिरिन्छ भन्ने छ जिल्लाको आर्थिक विकास कसरि सम्भव छ ?

– निश्चय पनि बाल उद्यान रमाइलो मेलामा आउनु भएका व्यवसायि साथिहरुले जिल्लाबाट कमाएर लैजानु हुन्छ । यो स्वभाविक प्रक्रिया हो । यो क्षेत्रमा गरिएको खर्च बाहिर जान्छ भन्नु भन्दा पनि यो एउटा व्यवसाय हो यसलाई पनि विस्तार गर्नुपर्छ भन्नेतर्फ लाग्नुपर्छ । जिल्लाको समग्र आर्थिक स्थिती सुधार गर्न बाहिरको मान्छे पनि त यहाँ आएर खर्च गर्छ ति अन्य क्षेत्रमा खर्च हुँदा नदेखिएर गएको हुन्छ । यस्ता महोत्सवमा त्यति ठूलो धन राशी जादैन । जिल्लामा यस्ता कार्यक्रमले फाइदा नै गर्छ ।

  • अगिल्ला वर्षको महोत्सव भन्दा पृथक केहि छन् ?

– हाम्रो यो महोत्सव पृथक छ । यो भन्दा अगाडिको महोत्सवमा राजनिक दलका नेताहरुलाई खुसी बनाएर उहाँहरुको गर भन्दा गर्ने नगर भन्दा नगर्ने भन्दा माथि उठी सकेका छौँ । अहिलेको महोत्सवमा हरेक क्षेत्रबाट व्यवसायिक रुपमा गैराखेको छौँ । यसमा कतै राजनैतिक हस्तक्षेप छैन यो महोत्सव साच्चिकै व्यवसायिक महोत्सव हुनेछ । अहिलेको महोत्सव सबै क्षेत्रबाट पृथक रहेर एउटा व्यवसायिक ढङ्गबाट महोत्सव सञ्चालन गर्दैछौं ।

  • धादिङ उद्योग वाणिज्य संघले राजमार्ग क्षेत्रमा पनि महोत्सव गरिसकेको छ जिल्लामा आरुघाट खहरे लगायत बजार अन्य क्षेत्रमा पनि छ, धादिङबेसी मै किन ?

– २०६४ सालको महोत्सव धादिङ बेशीमा नै ग¥यौँ त्यस पछि २ वटा गलौदीमा ग¥यौं चौथो र पाँचौ धादिङबेशीमा गरिरहन लागेका छौं । पहिलो कुरा त सबै क्षेत्रमा महोत्सव गर्दै सबै क्षेत्रमा आर्थिक रुपमा सम्पन्न गर्ने सबै क्षेत्रको जनतालाई व्यवसायमा केन्द्रित गर्दै जाुनपर्छ । हामीले धादिङको आरुघाट खहरे सल्यानटार क्षेत्रलाई पनि कवरेज हुने गरि त्यहाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि त्यहाँको व्यवसायीहरुलाई पनि क्रियाशिल वनाएर माथिल्लो क्षेत्रमा पनि उद्योग वाणिज्य संघ धादिङले मेला महोत्सब गर्ने कार्यक्रम रहेको छ ।

  • महोत्सवमा आयोजकहरुले आफ्नो आफन्तहरुलाई मात्र टिकट र गेटपास दिन्छ भन्ने आरोप छ यसपालि टिकट र गेट पास कसरी व्यवस्थित गर्नुहुन्छ ?

– यसपालि हामी गेट पास छपाउने पक्षमा नै छैनौं । हामी सबै टिकट काटेर नै प्रवेश गछौं । सवाल रह्यो अहिलेसम्ममो हाम्रो सल्लाह अनुसार जो कोहि हाम्रा आफन्तहरुलाई टिकट काटेर नै भित्र प्रवेश गराउँछौ । कोहि कोहि साथीहरुले लाइनमा बसेर टिकट काट्नको साटो प्याड नै किनेर लैजानु भएको अवस्था पहिलाको महोत्सवमा भएको हो । भित्र गायव गरेर आफ्ना मान्छेलाई प्रवेश गराउनु भन्ने कुरा चाहिँ होइन । हामी आयोजक हौँ काममा खट्नु पर्ने हुन्छ खट्नु पर्ने मान्छे लाइनमा बसेर टिकट काट्नु भन्दा हामी आन्तरिक रुपमा प्याडको रकम तिरेर यो भन्दाअगाडी पनि आफ्ना मान्छेलाई प्रवेश गराएको हो । महोत्सवमा खटेर काम गर्नुपर्ने मान्छेले प्याड खरिद गरि आफन्त लाई दिन सक्छन् । यसपालि हाम्रो आफन्त नातोगोता राजनिक दल भनेर टिकट दिने गेटपास उपलब्ध गराउने नीति हाम्रो छैन । यसपालि कुनै किसिमका टिकट गेटपासको दुरुपयोग हुँदैन ।

  • मेलाको सह–प्रायोजकको बारेमा यसपाली कस्तो व्यवस्था गरिएको छ ? कसरी छनौट गर्नुहुन्छ ?

– उद्योग वाणिज्य संघले बेलावखतमा गर्न महोत्सवबाट केहि लाभ होस् भन्ने नै महोत्सव गरि राखेका छौँ । हामी व्यवसायिक क्षेत्रका मान्छे हामी सँग जोडिएका विभिन्न बहुराष्ट्रिय कम्पनी उद्योग कलकारखानाबाट हामीले केहि भेला महोत्सवको नामबाट धादिङ महोत्सवमा सहयोगको लागि आग्रह हुन्छ । हाम्रो आग्रहलाई व्यवसायी फर्म साथीहरु प्रायोजन सह–प्रायोजन छनोट गर्छौं ।

ल अन्त्यमा

– हामी पाचौँ धादिङ महोत्सव गर्न गइरहेका छौँ । पुस ७ गते हाम्रो महोत्सव उद्घाटन हुन्छ । सबभन्दा पहिले जिल्लामा क्रियाशिल व्यवसायी साथीहरु, जिल्लामा क्रियाशिल राजनितिक दलहरुलाई महोत्सव सम्पन्न गर्नलाई सहयोग गर्न आग्रह गर्दछु । जिल्लाबासी आमा बुवा दाजुभाइ दिदी वहिनीहरुलाई आफ्ना उत्पादनहरु फलफुल, तरकारी, मौरी, तथा अरु घरेलु हस्तकला सामानहरु आफुसँग छन् भने पनि उद्योग वाणिज्य संघको कार्यलयमा आएर सम्पर्क गरेर पाचौँ धादिङ महोत्सव प्रदर्शन गर्नको लागि सहयोग गरिदिनुहुन आम उत्पादक व्यवसायीहरुलाई म अनुरोध गर्न चाहन्छु । भने हाम्रो ७ देखि १७ सम्म हुने महोत्सवमा उपस्थिती भएर महोत्सव सफल बताइदिनुहुन सम्पुर्ण जिल्लावासी तथा छिमेकी जिल्लावासीहरुलाई आउनुहुन महोत्सव हेर्नुहोस् हाम्रो जिल्लामा भएका कार्यक्रम सहभागी भै दिनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।