एमएनओ मलेसियाको दोस्रो अधिवेशन हुने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर ९, २०७३

मलेसिया । नेपालमा देशव्यापी सांगाठानिक अभियान जारी राखेको अवस्थामा मंगोल नेशनल अर्गनाईजेशन प्रवास मलेसियाको दोस्रो अधिवेशन हुने भएको छ ।

मलेसियाको राजधानी सहर क्वालालम्पुरको कोतारायामा नोभेम्वर २० मा बसेको बैठकले एमएनओ प्रवास मलेसियाको जनवरी १, २०१७ मा दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

प्रवास मलेसियाका अध्यक्ष जि.बी गुरुङकै संयोजत्वमा ९ सदस्यीय आयोजक सभा गठन गरेको छ । आयोजक सभाका सदस्यहरुमा देव छन्त्याल, ध्रुव थामी, सन्तोस थामी, विमल थामी, रत्न थामी, रमेश थामी, कुमार थामी, धनराज थापा मगरलाई चयन गरेको छ ।

मंगोल नेशनल अर्गनाइजेशनको २८औ स्थापना दिवस पनि जनवरी १ मा परेको हुँदा संगठनको स्थापना दिवस पनि एकसाथ भव्य मनाउने भएको छ । दोस्रो मलेसिया अधिवेशन तथा २८ औं स्थापना दिवस सफल बनाउन एमएनओ मलेसियामा आवद्ध सबैलाई एक सय रिङ्गेट सहयोग गर्न समेत आव्हान गरेको छ ।