छोरा विदेश गए, बुहारी नाति पढाउन धादिङवेशी : धादिङका एक किसानको दुखेसो

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक ३०, २०७३

गंगालाल गुरुङ धादिङ कात्तिक ३०-

dd

धादिङमा तिहार सकिए लगतै धान भित्राउनेको चटारो शुरु भएको छ । धादिङबेशी आसपास लगायत विभिन्न टारी तथा गैह्री खेतहरुमा लगाइएको धान यति बेला पहेलापुर भएर पाकेको छ । तर गाउँ गाउँमा युवाहरु नहुदा धान भित्राउन भने समस्या भएका छन ।
युवाहरु आफ्नो हलो र थलो छाडेर कोहि विदेश पलायन हुने ,रोजगारीको लागि शहर पस्ने  र छोरीहरु पढन ,रोजगारीको लागि शहर छिरेपछि यतिबेला धादिङका गाउँहरुमा वृद्धवृद्धाहरुले सकिनसकी धान भित्राउन वाध्य भएका छन ।
छोरा विदेश गइहाल्यो बुहारी पनि नातिनातिना पढाउन भनि धादिङबेशीमा कोठा लिएर बसेका छन आफू नमरुञ्जेल त जसोतसो गर्नै प¥यो नी ? खेतमा धान झारीरहेको एक वृद्ध किसानले दुखेसो पोखे ।

dhading-khet
युवाहरु विदेश पलायन हुन थालेपछि गाउघरमा खेतावारीमा काम गर्ने मानिस पाउन मुस्कील हुन थालेका छन । घरबाट पर्म लगाउन हिडने मान्छे भए काम गर्ने मानिस पाउने तर घरबाट पर्ममा निस्कने मानिस नभएमा पैशा दिएर मानिस लगाउछु भन्दा पनि पाउन नसक्नै भएका छन ।
पहिला त मकै कोदो दिएर निमेकमा मानिस जति भन्यो त्यति पाइन्थ्यो तर आजभोली न कोदो मकै दिदा पाइन्छ न काम गर्नुभन्दा पहिला नै पैशा दिदा पनि मानिस पाइन्न । त्यै भएर आफू नै सकि नसकी मेलामा जानुपर्छ । एक कृषकले बताए ।
धादिङमा पछिल्लो वर्षहरुमा खेत वारी वाझिन थालेको छन । विभिन्न गाउहरुमा पहिला मुरीका मुरी धान भित्राउने उक्त खेतहरु अहिले वाँझै रहन थालेका छन । धादिङ सदरमुकाम नजिकै रहेको वारीहरु पनि वाँझो नै रहन थालेको छ । जुरेथुम, भण्डारी गाउ , लगायत थोपल आसपासमा रहेको खेतहरु पनि वाँझो हुन थालेका छन ।
धादिङको विभिन्न गाउहरुमा स्कुल पढदै गरेका स साना विद्यार्थीहरु र वृद्धवृद्धाले धान भित्राइरहेको आजभोलि देख्न पाइन्छ ।