सहवासका बेला यौनांग भाँचिएपछि….

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक १८, २०७३

धादिङ कात्तिक १८-

sex

सहवासलाई एडभेन्चर ठानेर तरह तरहका आसनमा जोडतोडका साथ सहवास गर्ने हुँदा एक पुरुषले नराम्रो परिणा भोग्नुपरेको छ । असजिलो आसनका साथ आफ्नी प्रेमिकासँग सहवास गर्दा ती पुरुषको लिंग नै भाँचियो र उनलाई अस्पताल कुँदाउनुपर्यो ।

घटना भियतनामको हो । डाक्टरहरुका अनुसार ती पुरुषको लिंग फेँदबाटै भाँचिएको छ । यसरी फेँदबाटै यौनांग भाँचिनु निकै दुर्लभ घटना भएको भन्दै हु चि मिन्ह सहरस्थित अस्पतालका डाक्टरहरु पनि अचम्ममा परेका छन् ।

५९ वर्षका ती वयस्कले आफ्नी प्रेमिकासँग निर्वस्त्र भई जोडतोडका साथ सहवास गरिरहेका थिए । चरम आनन्दमा लिप्त भैरहेको बेला उनको यौनांगमा केही टुटेको जस्तो सानो आवाज उनले सुने र त्यसपछि असह्य पीडा हुन थाल्यो ।

उक्त मानिसको पहिचान खुलाइएको छैन । अस्पताल ल्याइसक्दा ती पुरुषको यौनांग निकै सुन्निएको र चम्किलो वैजनी रंगको भैसकेको थियो । फेँदबाटै भाँचिएको उनको यौनांगलाई डाक्टरहरुले बल्लतल्ल शल्यक्रिया गरी जोड्न सफल भएका छन् । एजेन्सीको सहयोगमा