लोकमान महाअभियोग प्रस्तावको छलफल आइतबार सम्म लम्बियो

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७३

काठमाडौं कात्तिक ५ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग प्रस्तावको छलफल ‘विशेष’ कारणले स्थगित भएको छ । महाअभियोग प्रस्ताव कसरी अघि बढाउने भन्नेबारे प्रमुख दलबीच एउटै धारणा बनाउन छलफलको कार्यसूची आइतबार सम्मका लागि स्थगित गरिएको हो ।

सभामुख ओनसरी घर्तीले बिहीबार बिहान शीर्ष नेताहरूसँग छलफल गर्नुभएपछि दलहरूको आग्रहअनुसार बैठक तीन दिनका लागि स्थगित गरेकी हुन । प्रधानमन्त्री र काँग्रेस सभापतिबीच बिहीबार बिहान भएको छलफलपछि सदन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले नै आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि बैठक स्थगित भएको जानकारी सभामुख घर्तीले राजनीतिक दलका प्रमुख सचेतकहरूलाई दिएकी दिइन ।

‘शीर्ष नेतासँगको छलफलपछि प्रस्तावमा एकमत बनाएर अघि बढ्न एक, दुई दिन दलबीच छलफल आवश्यक भएको भन्दै बैठक स्थगित गरिएको सभामुखले जानकारी गराउनुभयो’, एमाले सचेतक गोकुल घर्तीले भने । आजको गोरखापत्र दैनिकमा खबर छ ।