भवन र खेल मैदानका लागि सहयोग गर्छु -खेलकुद मन्त्री श्रीपाइली

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक ५, २०७३

केशव सिंखडा,
धादिङ सुनौलाबजार कात्तिक ५ । धादिङको पुरानो सदरमुकाम स्थित खेल मैदान सुधारका निम्ति सहयोग गर्ने युवा तथा खेलकुद मन्त्रीले दलजित श्रीपाइली बताउनु भएको छ ।

सुनौलाबजारका महान् शहीद मुकुन्दसेन राजभण्डारीको स्मृतिमा आयोजना गरिएको खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री श्रीपाइलीले पर्यटकिय हिसाव र धार्मिक दृष्टिकोणले भैरवि मन्दिर महत्वपूर्ण रहेको र खेल मैदान सुधारका लागि मन्त्रालयले सहयोग गर्ने बताउनु भएको हो ।

धादिङबेसी सदरमुकामबाट करीब १५ किलोमिट ग्रामिण क्षेत्रमा पर्ने धादिङको पुरानो सदरमुकाम सुनौला बजारको खेलमैदान मर्मत, जिल्ला खेलकुद विकास समितिको आफ्नै भवन निर्माणका निम्ति आफ्नै कार्यकालमा रकम विनियोजित गर्ने समेत मन्त्री श्रीपाइलीले बताउनु भएको थियो ।

कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज शालिकराम जम्कटेलले   प्रचण्ड प्रधान मन्त्री भएकोले फेरी प्रतिक्रियावादीहरु सयन्त्रमा उत्रिएको बताउँदै आफ्नो पार्टी सरकारमा रहे पनि नरहे पनि जन पक्षिय एजेण्डा स्थापित, संविधान कार्यन्वयनमा प्रतिवद्ध रहने बताउनु भएको थियो ।

११ बजे धादिङबेसी आई पुगेका मन्त्री श्रीपाइलीले भाडामा रहेको जिल्ला खेलकुद विकास समितिको कार्यलय अवलोकन गर्दै कार्यालय सचिव सँग जिल्लाको खेलकुदको अवस्थाबारे जानकारी लिनु भएको थियो । त्यसैगरि जिल्ला विकास समितिको हलमा दलित नेताहरुको उपस्थितिमा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदी, स्थानिय बिकास अधिकारी लगायत सँग मन्त्री श्रीपाइली ले अन्तरक्रिया गर्नु भएको थियो ।

२१ ठिम सहभागि हुने पुरानो सदरमुकामको टुडीखेल मैदानमा आजबाट सुरु भएको प्रतियोगिता कात्तिक १० गते सम्म संचालन हुने छ ।
युवाहरुलाई संगठित गर्दै देश निर्माणमा क्रियाशील गर्न अहोरात्र खट्ने जनयुद्धका सहिद मुकुन्दसेनको स्मृतिमा हुन लागेको खुल्ला फुटबल प्रतियोगिता भव्य र सभ्य हुने  वाईसिएल धादिङका उपाध्यक्ष एवम् कार्यक्रममा सभापति लक्षमण रम्तेलले बताउनु भएको थियो ।

प्रतियोगिताको पुरस्कार राशी

प्रथम हुने क्लबलाई रु. ४०,०००।०० (चालीस हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।
द्वितीय हुने क्लबलाई रु. २५,०००।०० (पच्चीस हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।
तृतीय हुने क्लबलाई रु. १५,०००।०० (पन्ध्र हजार) नगदसहित प्रमाण पत्र र ट्रफी तथा प्रत्येक खेलाडीलाई प्रमाण पत्र र मेडल प्रदान गरिनेछ ।

पुरानो सदरमुकामको बिषयमा थप अध्ययन गर्न यो समाचार पनि पढौ

आज खेलकुद मन्त्री धादिङको पुरानो सदरमुकाम सुनौलाबजार आउँदै

सदरमुकाम धादिङबेसीमा किन सर्यो ? कस्तो थियो पुरानो सदरमुकाम