धुँवाकोटलाई ७ गते पूर्ण खोपमुक्त गाबिस घोषणा गरिने

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ४, २०७३

सुमन अधिकारी,
धुवाँकोट कात्तिक ४ । धुवाँकोट गाउँ बिकास समीती लाई २०७३।०७।०७ गते पूर्ण खोप मुक्त गाबिस घोषणा गरिने भएको छ ।

धुवाकोट गाउँ बिकास समीतीमा जन्मीएका १३ २३ महिना भित्रका बालबालिकालाई पुर्न खोप बाट बन्चित हुन नपर्ने नछुट्ने र न दोहोरिने गरि खोप कार्यक्रम धुवाकोटमा सन्चालन गरियकोले ७ गते पूर्ण खोप मुक्त  गाबिस घोषणा गर्न लागिएको हो ।

खोप निरन्तर रुप मा सन्चालन गर्ने आधार भएकोले गर्दा धुवाकोटलाई पुर्ण खोपमुक्त गाबिस घोषणा गर्ने तयारी गरियको धुवाकोट स्वास्थ चौकीका इन्चाज कमल कुमार अधिकारीले जानकारी गराउनु भयो । धुवाकोट स्वास्थ चौकी , धुवाकोट स्वाथ्य्चौकी गनेडाडा, रातामाटे स्वास्थ्य बिन्दु र सवथ्य स्वयम् सेबिकाले तथ्यांक सन्कलन गरि तयारी पूरा भयको छ ।

धुवाकोट गाउबिकास समितिमा आज भयको तयारी बैठकमा धुवाकोट गाबिसका राजनीतिक पार्टी अगुवा, बिधालयका प्रधानाध्यापक सामाजसेबि स्वाथ्य्कर्मी बुधिजिबी लगायत को उपस्थिति रहेको थियो । कार्यक्रम साफल पार्न विभिन्न उपसमीती समेत गठन गरियको छ ।