दुखद दुर्घटना घाईते सबै धादिङ नलाङका

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक ३, २०७३

चितवन, कात्तिक ३ । काठमाडौँबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइते सबै धादिङ नलाङका रहेका छन् । घाईतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

को को छन् घाईते नलाङ घर भएका
१. नलाङ्ग ६, धादिङ्गका वर्ष १९ का राजेश विक
२. नलाङ्ग ६ धादिङ्गका वर्ष २५ का कोपि विक
३. नलाङ्ग ६ धादिङ्गका वर्ष ३५ का कृष्ण नेपाली
४. नलाङ्ग ५ धादिङ्गका वर्ष ४२ का पहलमान शार्की
५. नलाङ्ग ७ धादिङ्गका वर्ष ३६ का भगवती पाठक
६. नलाङ्ग ५ धादिङ्गका वर्ष ३५ का काजीराम नेपाली
७. नलाङ्ग ६ धादिङ्गका वर्ष १७ का रमेश विक
८. नलाङ्ग ६ धादिङ्गका वर्ष १८ का शुभ विक
९. चालक रुपन्देहीका वर्ष ३० हरीराम चमार

मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको थियो ।
बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् ।