श्रम स्विकृतिको लागि दुतावासको सिफारिस अनिवार्य

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक २, २०७३

हरि नेपाली,
अबुधावी, कार्तिक २ – नेपाली दुतावास युएईले २३ असोज २०७३ का दिन एक सुचना जारी गर्दै घरेलु कामदारको रुपमा युएईमा रहेका नेपालीहरु विदामा जाँदा श्रम स्विकृतिको लागि दुतावासको सिफारिस अनिवार्य रहेको नयाँ नियम जारी गरेको छ ।

यही कार्तिक १ गतेदेखि लागु हुनेगरी जारी गरेको नियममा श्रम स्विकृति लिएर घरेलु कामदारको रुपमा युएई आएका कामदारहरुले नेपाल विदामा जादा दुतावासको सिफारिस पत्र लगे मात्र श्रम स्विकृति हुने भएको छ । उक्त सिफारिस दुतावासबाट प्राप्त गर्नको लागि नेपालबाट आउँदा गरेको श्रमको प्रतिलिपि, राहादानी र युएई भिषाको प्रतिलिपि, कामदार र कम्पनीबीच भएको श्रम सम्झौतापत्रको प्रतिलिपि र घरेलु काममा लगाउने मालिक वा कम्पनिले नेपाली दूताबास युएईमा बुझाएको धरौटी रकम पाँच हजार युएई दिराम को रसिद दूतावासमा बुझाउनु पर्ने छ ।

तर भिजिट भिषमा युएई आई घरेलु कामदारको रुपमा कार्यरत नेपाली कामदारहरुको हकमा भने यो नियम प्रभावकारी हुने छैन । उनीहरु नेपाल गएर फेरी नयाँ वैधानिक प्रक्रिया पुरा गरि युएई आउनु पर्ने हुन्छ ।
latter