रत्नपार्क, देह व्यापार र सरकार

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १, २०७३

govindaनेपाली सुवेदी गोविन्द ।
हुन त ल्यापटप लिएर विभीन्न सच्चार माध्यमका लागी भन्दै समाचार सङकलन नगरेको पनि एक महिना भई सकेको रहेन्छ । एन जी ओको जागीर काम गर्दाको वखत समाचारलाई सङकलन गर्ने र लेख्ने समय पनि छोटीएको भए र पनि होला । तर यसो भनि रहदा समाचारै नलेखेको पनि होईन लेखीनै राको छु । आपत्कालीन समाचार व्याहेक त्यही धेरै समाचार नलेखीएको महिना दिन वितीसको रहेछ । समयले र जागीरले यति धेरै व्यस्तपो भईएछ । हुन त व्यस्त हुनु नै राम्रो हो ।

यसो भनि रहदाको एक दिन अर्थात २०७३ सालको दशैको टिकाको तेस्रो दिन म टिका गह्रणकै लागी भनेर काठमाण्डौमा हुनु भएका फुपु दिदी ( बुवाको पनि दिदी) , ठुली काकी (काकाकी जेठी श्रीमती) र बानीजा वा (हजुरबाको भान्जा )कोमा टिका तथा आर्शिवाद ग्रहण गर्नका लागी भनेर प्रस्थान गरेको थिए ।

तेस्रो दिन घरमा पनि पाहुना पास भएका कारणले गर्दा आफुले सोचेको समयमा हिडन अन्दाजी घरबाट निस्कदा दिउसोको ४ः३० बजेको थियो । त्यस कारणले गर्दा म दिदीकोमा नै गएर दिदी भिनाजु संग टिका गह्रण गरेर त्यही त्यो रात त्यही बस्ने निधो गरे । र त्यही नै गरे भोली पल्ट उज्योलो भए पश्चात म पनि उठे म उठदा विहानको ८ बजी सकेको रहेछ बेलुका दिदी भिनाजु संग लामो कुरा कानी भएका होला अवेर सम्म पनि म निदाई पो रहेछु ।

दिदीले मेरा लागी चिया तयार गरी सक्नु भएको रहेछ । म पनि उठेर मुख धोई चिया खाए र भिनाजु संग एक छिन कुराकानी भयो र म टिका तथा आर्शिवाद गह्रण गर्नका लागी जपलमा काकीकोमा जाने तयारीमा लागेकोर दिदी कहाँबाट विदा भई कलंकीमा रहेको नेपाल एफएम नेर्टवकको अगाडी केही वेर गाडीको प्रतिक्षामा बसे रत्नपार्क सम्म जाने माईक्रो आयो र म त्यही माईक्रो म जानको निमीत चडे रत्नपार्कमा गएर म ओरलिए सरासर म काकीको डेरा तर्फ लागे त्यहा दिउसोका १२ः३० सम्म बसिए काकी छोराको लामो कुराकानी भए एक बर्ष भई सकेको थियो हाम्रो भेटघाट नभएको पनि यसले गर्दा लामो कुराकानी भयो ।

विहानको ९ बजे त्यहा पुगेको छोरो ३ घण्टा ३० मिनेट पनि म बानीज बाकोमा जानको निमीत निस्कीए, रत्नपार्क आईपुग्दा १२ः४५ जति भएको हुनु पर्छ त्यहा कलंकी आउने गाडीको पर्तिक्षामा रत्नपार्क भित्र छिर्न टिकट काटने अगाडी उभीए दशैको वेला भएको भए पनि मैले झोला बोकेको थिए । बोलामा सामान त खासै थिउन एउटा ल्यापटप र मोवाईल चार्जर वाहेक केही थिएन । लगभग म त्यहा उभीएको १५ मिनेट पछि एउटा निलो माईक्रो कलंकी कलकी गदै कराउदै आयो खुटो कतै हाल्ने ठाउ नपाए पछि म त्यसलाई छाडिदिए र फेरी उही स्थानमा आई उसी गरी उभीए एक एक मिनेटमा कलंकीको गाडी आउने रत्नपार्कमा मैले गाडी कुर्नु परेको यो पहिलो रेकड हो ।
त्यो निलो माईक्रो कलंकीका लागी हिडे पछि पुन म अर्कोका गाडीको पर्तिक्ष्ामा अर्को १५ मिनेट त कुर्नु पर्ने भो र कुर्ने निधो पनि भो । त्यही पछिलो पन्ध्र मिनेटमा भएको बार्तालापको कुरालाई मात्र लेख्ने जर्मको गरेको हु आदरणीय पाठक बर्ग । म उभीएकै स्थानमा आएर एक जना अपरीची महिला अन्दाजी २५, २६ बर्षकी होलीन गलामा पोते पनि थियो ।

पहिला त उनले मलाई भाईको घर कता होला भनेर सोधीन मैले सोझो रुपमा धादिङ भने उनी उनले जाने हो भनेर सोधीन मैले कहाँ जाने भनेर प्रतिप्रश्न गरे जवाफमा उनले गेष्ठ हाउस

भीनीन अनी मेरोमा मनमा उनी प्रति नकारात्मक कुराहरु खेल्न थाल्यो । ए मात्र भने उनलाई केही जवाफ केही गरीन उनी एक मिनेट केही नबोली बसीरहीन महीले कुनै वास्ता गरीन उनी कताँ लागी पनि यार गरीन मलाई त भानिज बा कहाँ आएर टिका र आर्शीवाद गह्रण गरेर घर लाग्नु मात्र थियो । यहि कुरा हुदा अघीको माईक्रो गएको ५ मिनेट बितेको हुनु पर्दछ । अर्को १० मिनेट विताउन मलाई हम्मे हम्मे प¥यो तै पनि उभी रहे ती नि गएको तिन चार मिनेट के वितेको अर्की आईन र उही प्रकृया दोहोराए पनि त म त्यहाँ बस्नुको औच्यित्य समाम्त भए झै लाग्यो र अलि कति वायाँ लागेर गाडीको प्रतिक्षाको लागी एउटा छाहारीमा बसे र सोच्न थाले यसरी दिनडाहडै यि चेलीहरु आफ्नो शरीरको अङ बेच्च आएका छन ।

यिनीहरुको दिनमा यो अङ बेचेर कमाई कति हुदो भोली रोग लागेको खण्डमा उपचार कस्ले गर्दो हो यस्तै यस्तै कुरा मनमा खेलाउदा खेलाउदै अर्को निलो माइक्रो आयो र उसले सवै मान्छे ओरल्न नभ्याईकन म त्यसको अगाडीको सिटमा बसे त्यो माईक्रोले दुई मिनेट जति त्यही बसि रहयो । अर्थात पेसिन्जर नभरीन्जेल त्यतिवेला सम्ममा मैले चिनेका साथीलाई मलाई जाने भनेर सोध्ने महिलाले लगीरहेको मेरो आखाले पनि देख्न पुगेछ एकछिन मैले त्यो दृस्य हेरी रहे म बसेको माईक्रोको चालकले पनि देखेको रहेछ । उसले आफ्नो सहचालकलाई भन्यो ओई हरे हेरत हिजो तैले गरेकोलाई त आज त्यसले गर्ने भो त्यति हुदा उनीहरुले पनि बोल्न लेख्न नमिल्ने केही शब्दहरु प्नि बोले म त्यो नसुनै झै गरेर सुन्न बाध्य भए मलाई त्यो माईक्रो कहिले हिडला र म छिटै कलंकी भानिज बा कहौ पुगुला मात्र भई रहयो ।

कहिर ५ मिनेट पछि त्यो माईक्रो त्यहाँ बाट हिडे पछि मेरा आङ ठुक्कले फुल्लो अव कोही सोध्न आउने छैनको मात्र आभास भए अव त्यो निलो माईक्रो रत्नपार्कबाट हिडे पछि मेरो मनमा फेरी अघिकै झै मेरो मनमा तरकनाहरु उठिनै रहए कलंकीको मन्दीरमा आएर म ओरलिए र सरासर भानिज बाकोमा जानको निमीत त हिडे त्यहा म दिउसोका ३ः:१५ सम्म बसे बिभीन्न कुराकानी भयो । समय सार्दभीक राजनितीक यस्तै बिषयमा कुरा कानीको पश्चात म घर जानको निमीत निश्कीए र दिदीलाई जान्छु भन्नका निमीत फोन गरे तर दिदी एक पटक यहाँ आ अनी जा भनेको हुनाले पुन दिदीकोमा नेपाल एफ एम पछिाडी गए । दिदी कहाँ खाजा खाईयो, अनि म निश्कीय ।
नेपाल एफ एम अगाडीबाट त धादिङ आउने गाडी पाईदैन त्यस कारणले गर्दा कलंकी चोक सम्म हिडन बाध्य परियो र सरासर हिडने निधो गरे र हिडे मन्दीर अगाडी आए पछि अघी त्यो महिलाको साथमा जाने साथीलाई पनि भेट भयो उसैले ओ गोविन्द कताँ भनेर बोलाए पनि ए म काम थियो, घर जान लागेको भने पछि आज म पनि घर जान लागेका एकछिन पर्खिनत सगै जाउ उसले भने पछि म एकछिन त्यही उभीए उसले एक किलो स्याउ किन्यो मैले केही पनि किनिन त्यतीकै उभी रहे । अनि उसल आफ्नो झोलामा स्याउलाई राख्यो जाउ भन्यो र हामी त्यहाबाट हिडयौँ ।

कलंकी चोकमा आए पछि गोरखाको बसमा चडेर हामी धादिङको यात्रामा लाग्यो घर घरको यात्रा, उसको ओरल्ने स्थान महादेववेसी मेरो सिम्ले भएका कारणले पनि बाटो लामो रहयो गाडीमा मैले उसलाइै कति पैसा लाग्दो रहेछ हाँ भनेर जिस्काउ उ दग पदै के को पैसा भनेर मलाई प्रश्न ग¥यो मैले केटीको भने पछि उ निलो भयो र दुई मिनेट पछि उसले तँ कहाँ थिस र भनेर सोध्यो, जवाफमा निलो माइक्रो भन्ने जवाफ दिए पछि त उ झन कालो भयो । उसको मनमा यसलाई बेकार पर्खाए छु भन्ने पनि लाग्यो होला । एकछिन हामी दुवै नवोली नै यात्रामा रहयौ फेरी मैले कति रहेछ किन नभनेको म कसैलाई भन्दीन मैले पो देखेको भन्ने जवाफ दिए पछि उसले

१०००। ३००। वेड वाडा बाकी ७००। उसले पाउछे रे । उसको जवाफ यस्तो आयो अनि कति पल्ल गईस यो कामका लागी रत्नपार्क भनेर फेरी प्रश्न गदा उसले जवाफमा ७ पल्ट दियो यसको मतलव त उसले ७०००। उसले खर्च गरी सकेछ । अनि सात ओडी सक्क उसको यौन क्रीयाकलाप सम्पन्न भई सकेछ ।

उसले थप्दै गयो तिन पल्ट कण्डम लगाएर चार पल्ट कण्डम नलगाएर कुनै प्रश्न विना उसले मलाई जवाफ दियो । उसलाई मैले विहे गर्न पैसा पनि खर्च हुदैन योन प्यास पनि मेटीन्छ भनिदिए, राम्रो खालको केटी नै पाईदैन भन्ने जवाफ उसले मलाई र्फकाए पछि मेरो रिसको पारो ह्वातै बडयो र भन्ने रत्नपार्कमा सयौँको श्रीमती भै सक्के राम्री भएर अव तैले विहे गर्न काली केटी चै नराम्री भै होला ।

यस्तो कहि हुन्छ अनुसार राम्रो खाजेर के हुन्छ व्यवहार राम्रो भएको लाई खोजनु पर्छ भने पछि उ नम्ररीयो । यति हुदा हामी धार्के आई पुगी सकेका थियौ । यस्तै अन्तरमा हामी केही नबोली दुबै चुप रही महादेववेसी आई पुगी सकेका रहेछौ । उ ओरलियो र हामी पनि छुटियौँ । यस्तैका क्रममा यात्रा त गरीयो अघि पछिको भन्दा फरक कुराकानी गदै हाम्रो यात्रा सकिएको थियो । यस पछि मेरो मनमा सरकारको लाचारी पन हो यो आफ्ना जनतालाई शिक्षाको निशुल्क गर्न सकिएको छैन । शिक्षाका कमीले पनि यो समस्या बृद्धि हुदै गएको छ । यो समस्याका लागी पहिले त सम्पुर्ण नेपालीलाई रोजगारीको र्सिजना गराउन सक्नु पर्ने भए पनि सरकारले यो प्रति चासो दिएको छैन । यसले गर्दा पनि यो समस्याले जरो गाडेको हो । यो समस्या निराकरणको लागी पहिलो त शिक्षामा निशुल्क र रोजगारीको अवसर नेपालमा नै प्रदान गर्ने हो भने समास्या न्युकरण भएर जाने देखीन्छ । यसको लागी तत्कालीन सरकारका मन्त्रीलाई यो प्रश्न गर्न चाहन्छु म

प्रधानमन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड)
प्रधानमन्त्री पपुष्पकमल दाहाल प्रचण्ड ज्यु आज म हजुरलाई यो आलेख मार्फत केही प्रश्न गर्न चाहन्छु । प्रश्न किन जोडन खोजेको मैले हजुरलार्इं भन्ने सशस्त्र द्धन्दका बेला हाम्रो खाना खादा हजुरको कार्यकताले भनेको कुरा माथीको नै प्रश्न हो हुन त । त्यति वेला यो शिक्षालाई बुजुवा शिक्षा भनेर कैयो नेपाली नागरीकले पठन जादा जादै बन्दुक बोकाएको भएर पनि यो प्रश्न सोध्यन सार्दभीक होला की भनी सोध्यै छु । सर्दभ पनि मिलेको छ अहिले हजुर आफै मुलुकको प्रधानमन्त्री हुनुहुन्छ ।

यो र्बुजुवा शिक्षामा आज हजुरको कार्यकतानै शिक्षक बन्ने जोड गरी रहेका छन किन ?हजुरले सम्पुर्ण नेपालीलाई मुलुकमा नै रोजगार दिने भन्ने कुरा कहाँ पुग्यो ?व्यवहारीक शिक्षा प्रदान गर्ने भन्ने कुरा कहाँ पुग्यो ?दुई पटक प्रधानमन्त्री हुदा समेत गरेको खोई त ?कहाँ पुग्यो बन्दुक बोक्दाका ति दिन हजुरले दिने भनेको व्यवहारीक शिक्षा यहि हो की के त ? १५०००। जनतालाई बलिको बोका बनाएर गरेको प्रगती आफु दुई पल्ट प्रधानमन्त्री बन्नु मात्र हो की के त ? अबको निर्वाचनमा यसको जवाफ नबोकी जनता कहाँ नगए पनि हुने छ । हजारौ नारीको सिन्दो पुछेर रत्नपार्कको यो दर्दानाक यो कोटरीबाट जिवन विताउन बाध्य बनाएर आफु मुलुक सर्वोच्चो पदमा पुगे पनि पुरा कीन नगरेका बन्दुक बोक्दाका बाचा बन्दुक बोक्दाको बाच्चा जनताले सम्झेका छन ।

गृहमन्त्री विमलेन्द्र निधी
सरकारका तत्कालीन गृहमन्त्री विमलेद्र निधी ज्यु सरकारमा बसेर सरकारको विषेश दुतका रुपमा मात्र काम गर्ने हो की जनताको पनि काम गर्ने हो ? वा रत्नपार्कका बिषयमा पनि सोच्ने हो ? आज यो र्ददनाक अवस्था छ । अवको २० बर्ष यर्सै गरी दिनडाहठै देहव्यपार गर्न दिनेको भने लगभग मेरो अनुमानमा ४० प्रतिशत नेपाली जनता एच. आई भीको रोगी हुने छन । यसका लागी देहव्यपार हटाउ सक्नु पर्दछ । यदि हटाउन नसक्ने हो भने मन्त्री परिषदमा निर्णय गराए यदि एरीया चै रेठ लाइन एरीया भने र घोषण गर्न मात्र सक्ने हो भने पनि हामी जस्ता सोझा र सर्वसाधारण मान्छे एच.आई भीको रोगी हुनबाट जोगीने देखीन्छ ।

स्वास्थ्य मन्त्री गगन थापा
यति वेलाका तत्कालीन सरकारका स्वास्थ्य मन्त्री गगन थापा ज्यु स्वास्थ्य क्षेत्रमा हजुरले गरेको काम देख्दा मलाई केही सुधार आउछ की झै लागेको छ । तर तपाईको पनि कार्यकाल त उही नौ महिना मात्र हो तर गर्न सक्नेका कामको थालनी गर्न सक्नु हुदा तपाईले राम्रो पदबी पाउन सक्नु हुने त छ । तर काम गर्न नसक्दा हजुरलाई पनि राम्रो भन्ने कोही हुने छैन । भि आई पि हरुको उपचारका लागी मागीएको रकम नदिदा जति नाम गगन थापा भनेर आको छ ।

त्यसलाई टिकाई राख्नका निमीत रोग लाग्ने सक्ने खतरालाई पनि क मगर्न सक्दा झन नाम माहा गगन थापा रहने छ । यसका लागी रत्नपार्कमा दिन डाहठै भई रहेको देहव्यपारलाई रोक्न सक्नु पर्छ । समाज र कानुनले समेत घृणीत गरेका यो पेशामा रहेका महिला पुरुषलाई यो पेशाबाट हटाएर रोजगारीको र्शिजना गर्न सक्दा मात्र तपाई पुण सार्थकता पाउन सक्नुने छ । यसकालागी के गर्न सकिन्छ छिटो भन्दा छिटो कदम चाल्न आवसेक भएको देखीन्छ ।


अन्त्यमा मेरो केही भन्नु

अन्त्यमा रत्नपार्क या ठमेल एरीयामा मात्र नेपाल सरकारले रेठलाईन एरीया घाषण गररे र यौन कर्मीहरुलाई त्यहीमात्र यौनकर्म वा आफ्नो कर्म गर्न दिने हो भने पनि हामी जस्तो सर्वसधारणले आन्नद पुर्वकत हिडन पाउने छौ । हैन भने त सर्वसाधरणलाई हिडन समेत गाह्रो पर्ने अवस्थाको र्सिजना हुने देखीन्छ । यसका लागी त सर्व प्रथम शिक्षालाई निशुल्क स्थास्थ्यका कुरालाई प्रभाबकारी र रेठलाईन एरीया घोषीत गर्ने हो भने पनि यो समस्याबाट छुटकरा पाउन सक्छन छै मलाई लाग्दछ ।