पुनरुउत्थान पार्टी नेपालको जरुरी सुचना

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १, २०७३

अन्यायको अन्त्य, न्यायको थालनी, न्याय र राजनीतिलाई एक सिक्काको पाटा हुन भने र अगाडी बढी रहेको हाम्रो पार्टी राज्य कानुनी राज्यको प्रत्यभुतीको लागि लड्दै आईरहेको सबैलाई अवगत गराउन चाहान्छौ ।

कानुनलाई आत्मसाथ गर्दै सामुदायीक विद्यालय अस्थायी नियुक्ति भएका शिक्षक शिक्षिका मध्य ५१ प्रतिशदलाई अवकाश दिने शिक्षा आठौ शंसोधन एैन २०७३ खरेज गरि दरबन्दीमा नियुक्ति भएका अस्थायी शिक्षक परियोजना अन्तरगत अस्थायी शिक्षक, महिला शिक्षक तल्लो तह लियन राखी माथिल्लो अस्थायी पदमा कार्यरत शिक्षक समेतका सबै प्रकार र तहका अस्थायी पदमा कार्यरत शिक्षकलाई कार्यरत पदमै स्थायी गर्ने माग राखी सर्वोच्च अदालतमा दायर गरिएको रिटहरु सम्बन्धमा अधिवक्ता कोषराज काफ्लेबाट जानकारी गराउने कार्यक्रम राखिएको हुँदा सम्पूर्ण अस्थायी शिक्षक शिक्षिकाहरुलाई निम्न मितिर स्थानमा उपस्थिति भैदिनु हुन विनम्र अनुरोध गरिन्छ ।

मितिः ०७३ कातिक २ गते
स्थानः भैरवी होटल सुगमटोल धादिङबेसी
समयः बिहान ११ बजे