सेमजोङमा ऐतिहासीक सस्कृतिक पर्व किर्पा क्लाङ्बा मनाईयो

Avatar photo
Dhadingpost
शनिबार, अशोज २९, २०७३

सुकराम तामाङ,
धादिङ सेमजोङ असोज २९ । तामाङहरुको वीरता गाथा बोकेको ऐतिहासीक सास्कृतिक ‘क्लाङवा’ पर्व सेमजोङ गैरामा सम्पन्न भएको छ ।

विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम तथा धनुष वाण प्रतियोगिता गरि पर्व मनाईएको हो ।

कहिले किन मनाउन थालियो यो पर्व
परापूर्व काल देखि मनाउँदै आएको यस पर्व तामाङहरुका वाईवा राजाले सेमजोङको डब्जोङबाट सल्यानटारमा चरि रहेको ज्यार्दी (आर्यखस) को गाईलाई तीर हानी मारेको र त्यसको निहुँमा ज्यार्दीहरुले वाईवा राजा दगुरलाई मारेपछि त्यसैको स्मरण गर्दै यो पर्व मनाउन थालिएको बताईन्छ ।

तीर हान्ने प्रतियोगिता
पर्वको पहिलो दिन गाउँका मुखे र लम्बु तीर हान्ने प्रतियोगितामा भाग लिन्छन् र धनुष वाण बाट निशाना लगाउने गरिन्छ । निशाना लगाउन धादिङ र नुवाकोटका तामाङहरु सहभागि हुन्छन् । निशाना लगाउने विजय हुन्छ भने । निशाना लगाउन नसक्नेहरुले सजाय स्वरुप जरीवाना तिर्नु पर्ने खेलको नियम रहेको छ ।

यस वर्षको निशाना लगाउने प्रतियोगिता मंगल तामाङले जितेका छन् । भने सास्कृतिक कार्यक्रम तर्फ गायक रोज मोक्तान, कलाकारहरु यूवी योग्रेसा, सुमन घले, रितु तामाङ, आरम्भ तामाङ, रामकृष्ण तामाङ, शैलेस शाही, टिका थोकर, मुन्न घले, ध्रुव तामाङ, सुनिता वाईवा, सुन्दर तामाङ लगायत स्थानिय कलाकारहरुको वेजोज प्रस्तुती रहेको थियो ।

नेपाल तामाङ मात्री भाषा सम्भोता लिपि विकास प्रतिष्ठानका केन्द्रिय सदस्य प्रेम तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा मेन्दोमायाँ गायक यूवी मोग्रेसाले अर्को साल देखि किर्पा क्लाङ्वा पर्वको लागि आधुनिक धनुष वाण उपलब्ध गराई दिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

पर्व मुल आयोजक समितिका संयोजक दिपक तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संचालन सुकराम तामाङले गर्नु भएको थियो ।