Dhading News
log dhading

धादिङका यी ८ ठाउँ विश्वभर चर्चामा छन् (फोटो फिचर)


बिहिबार, अशोज २७, २०७३
धादिङ समाचार, मुख्य समाचार

धादिङबेसी ।  उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको  एकमात्र नेपालको राजधानी काठमाडौं सँग जोडिएको जिल्ला धादिङ हो ।  २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ ।

कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ ।

यस जिल्लाको सबैभन्दा अग्लो स्थान पाविल हिमाल ७११० मी. र सबैभन्दा होचो ठाउँ जोगीमारा ३०० मी. मा रहेको छ भने सदरमुकाम धादिङबेंसी ६४० मी. को उचाइमा रहेको छ ।

हामीले धादिङ जिल्लालाई विश्वभर चिनाउने धेरै तथ्याङक मध्य केहि फोटो फिचरहरु राख्ने कोसिस गरेका छौ ।

सिद्धलेक :
नलाङ गा. वि. स. वडा नं. १ र सलाङ गा. वि. स. वडा नं. ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

नेपालको दोश्रो ठुलो टार, सल्यानटार 
नेपालका चर्चित टारहरुमध्येको एक टार सल्यानटार बूढी गण्डकी र आँखु नदीको बीचमा रहेको छ । त्यसैगरी जिल्लामा ससाहटार कल्लेरीटार पिपलटार गजुरीटार फिसफिसेटार विशालटार रिचोकटार जस्ता प्रशस्तै टारहरु र बेंसीहरु रहेका छन् ।

गंगा जमुना:
गंगजमुनाझरना फूलखर्क गाउँ विकास समितिको वडा नं. ४ मा पर्ने ढाँडखर्कको सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ढाँडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी. को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले गंगा जमुनाको झनै आकर्षण वढाएको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर पश्चिम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।

पृथ्वीनारायण शाहको व्रतवन्ध स्थल मैदीकोट
नेपाली इतिहासका चर्चित पात्र पृथ्वीनारायण शाहको व्रतवन्ध स्थलका रुपमा परिचित धादिङ मैदी स्थित मैदि कोट पनि नेपाली इतिहासमा दर्ज भएको ठाउँ हो ।  पर्यटकिय विकासको सम्भावना रहेको मैदीकोटमा हरेक वर्षको दशैं नवमीका दिन मेला लाग्ने गरेको छ।

त्रिपूरा सुन्दरी मन्दिर
त्रिपुराशु्न्दरीको सल्यानकोट ५ मा नै २ वटा मन्दीर र आगिञ्चोक गा.बि.स. वडा नं. १ मा १ वटा मन्दीर रहेको छ । नेपाल एकिकरण गर्ने समयमा पृथ्वीनारायण शाहले पनि उक्त मन्दिरमा आशिर्वाद थापेर गएपछि एकिकरण गर्न सहज भएको विश्वास गरीदै आएको छ । आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरबाट फागुन महिनामा दिन हेराएर नै सल्यानकोट ५ स्थित मन्दीरमा लगिन्छ । उक्त दिनमा भने त्यति ठुलो मेला लाग्दैन । सल्यानकोट ५ मा स्थित मन्दीरमा भने चैते दशैं र दशैंको अष्टमी तथा नवमीमा असंख्य वलीका साथ मेला लाग्दछ ।

त्रिशुली नदीमा र्‍याफ्टीङ

पहाडको काखमा रहेको त्रिशुली नदीमा र्याफ्टीङ गराउने कार्यलाई व्यवसायीक रुपमा समेत विकास गरिएको छ । जसका कारण त्यस वरपर होटलहरुले राम्रो आम्दानी गरिरहेका छन् ।

बेल्खु-मलेखु चरौंदी देखि सुनखोलासम्म र्‍याफटिङ एक दिनको प्याकेज मानिन्छ भने । दुईदिनको प्याकेजमा चरौंदि-सुनखोला-मुग्लिनसम्मको यात्राको गरिनेछ ।

मण्डली माई, हरेक मंगलबार जात्रा लाग्ने

ढोला मण्डलीमाईको उत्पतिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी मगरको भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पति भएको समय लगभग १८५० सालतिर हो। पहिले दलितहरुले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले खुला रुखपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् ।

करिब १६ औं शताब्दीको इतिहास बोकेको सेमजोङ दरबार
चाख लाग्दो यस दरबारको विशेषता: डब्ज्याङजोङ दरबारको निर्माण्ँ वि.स. ४००–५०० तिर राजा तागुर र रानी सिलीङमोले गर्नुभएको प्रमाण्ँ यस क्षेत्रमा रहेको शिलालेखबाट थाहा हुन्छ । त्यसबेला यस वाइबा राजाको राज्यमा क्षेत्री बाहुनहरुको बसोबास नभएको देखिन्छ । वाइबा राज्यमा सबै तामाङहरु मात्र भएको र उनीहरु कृषि नगरी वन्यजन्तुको शिकार गर्ने तथा जंगलमा गिठा भ्यागुर खोज्ने र आङ्खनो राजालाई शिकार गर्न वन्यजन्तुहरु जंगलबाट छेकेर दरबारको वरीपरी ल्याईदिने गर्थे । राजाले जनवारलाई मारेपछि सबै राजा र प्रजा मिलेर रमाइलो गर्ने गरिन्थ्यो ।

एकदिन राजा रानी दरबारको पश्चिमको जंगलमा शिकार खेल्न जादा राजाले धादिङको सल्यानटार फाटमा चरिरहेको गाइगोरुहरुको हुल देखेछ । त्यसपछि राजाले गाईगोरुहरुको हुलमा आङ्खनो अति शक्तिशाली वललाई केन्द्रित गर्दै वाण प्रहार गराए र ती वाण उक्त गाई गोरुलाई लागेछ । वाणको कारण गाई गोरु घाइते भएपछि गोठालाहरुमा आश्चर्य बढ्यो र सोध खोज गर्न थाल्यो र वाण्ँ कस्ले हान्यो भनेर गोठालाहरु बुद्घिमता अपनाउदै ढलेको गोरुको छेउमा लुकेर बसेछ । यता शिकारी राजा रानी आङ्खनो वाण्ँले शिकार ढलेको यकीन भएपछि दुवै जना शिकार नजिक पुग्दा गोरु पल्टिरहेको देखेछ । त्यसपछि रानी सिलीमोङले आङ्खनो घलेक फुकाली वरीया बनाई आङ्खनो शक्ति प्रयोग गरी गोरुलाई बोक्नुभएछ र राजा तागुरले रुखको हागा भाचेर आङ्खनो पाइला मेट्दै दरबार तिर लिएर आएछ । तर राजा र रानीलाई के थाहा आङ्खनो पछि९पछि ती चलाख गोठालाहरु आएको । आखिरी गोठालाहरुले गोरु मार्ने पत्ता लगाई छाडे । त्यसपछि बाहुनहरु ९ज्यार्दी० ले गोरु मारी खाएको अभियोगमा मुद्दा हालेछ । अदालतले गोरु मारी खाएको हो की होइन भनी वयान दिन वाइबा राजालाई अदालत बोलाएछ । अदालतमा राजाले वयान दिए, वयानको क्रममा आफुले गोरुलाई लक्षित गरी वाण्ँ हानेको र गोरुको मासु पनि खाएको हो तर मुखले मासु खाए पनि आाखाले नदेखेको र हातले पनि नछोई चिम्टाले च्यापेर खाएको वयान दिए । त्यसपछि बाहुनहरुसंग लडाई शुरु भएछ ।

तर शक्तिशाली वाइबा राजाको अगाडी बाहुनहरुको केही सीप लागेन । त्यसपछि ज्यार्दीहरुले षडयन्त्र रचे । योजनाबद्घ षडयन्त्र अनुरुप सम्झौताको योजना बनाए । सम्झौता मुताबिक दुवैतर्फबाट बिना हतियार सम्झौता गर्ने ठाउमा उपस्थित हुने खबर वाइबा राजाको दरबारमा पठायो । तर ती सोझा राजालाई के थाहा उता ज्यार्दीहरुले आफुमाथि षडयन्त्र रच्दैछ भनेर त्यसपछि दुवैतर्फ सन्धि सम्झौता गर्ने सर्तमा ज्यार्दीहरुले सन्धि गर्ने स्थान हृयावेङ खोला तोक्यो । तोकिएको स्थानमा सन्धि हुने पक्का भएपछि चलाख ज्यार्दीहरुले खाफरलाई आवश्यक पर्ने सम्पूर्ण हतियार हृयावेङ खोलाको वालुवामुनि लुकाई राखे । यता सोझा वाइबा राजा भने विना हात हतियार सम्झौता गर्न जुटेका थिए ।

वाइबा राजा तागुरले सम्झौतामा राजाको प्रतिनीधिको रुपमा आङ्खना चार राजकुमारहरुलाई खटाई सकेको छ । तर रानी सिलीङमो भने यस सम्झोतामा राजी थिएन कारण्ँ बाहुनहरु चलाख र षडयन्त्रकारी हुन्छन् । विना हात हतियार सम्झौता स्थान जानुहुदैन भन्ने रानीको तर्क थियो । तर रानीको कुरामा कसैले पनि वास्ता नगरी राजाको आज्ञा बमोजिम चार भाई राजकुमारहरु र वाइबा राज्यका जनताहरु सम्झौता स्थानतर्फ प्रस्थान गरे । राजकुमार गोम्बोले भने आङ्खनो आमाको कुरालाई सही मानी आङ्खनो हतियार धनुष वाण्ँ दाजु र बाबुले नदेख्ने गरी लुकाई छिपाई बोकेको थियो । दाजुहरुलाई भने गोम्बोले हतियार बोकेको थाहा थिएन ।

जब सबै राजकुमार र जनताहरु वार्ता स्थल पुगे तब षडयन्त्रकारी बाहुनहरुले आफुले लुकाई छिपाई राखेको हतियार निकाली विना हतियार सम्झौता गर्न गएका वाइबा राजाका राजकुमार र जनतालाई मुला काटे झैं काटिए । राजकुमार तथा जनताको रगतले हृयावेङ खोलाको ढुंगा माटो र पानी पुरै रातो भयो। तर चलाख राजकुमार गोम्बो भने त्यस भयानक षडयन्त्रबाट भाग्न सफल भयो । आफुले लुकाई लगेको धनुष वाण्ँले बुढी गण्डकीमा पुल बनाई पार गरेर राजकुमारलाई डुंगाबाट शत्रु आइरहेको देखेपछि धनुषवाणले डुंगालाई त्यही दुई टुक्रा पारेर भाग्न सफल भए । यिनै वाइबा राजाका राजकुमार गोम्बोको सन्तान नै पछि गुरुङ भएको इतिहास डब्ज्याङजोङ दरबारको शिलालेखमा उल्लेख गरिएको छ ।

साथै वाइबा राजकुमार गोम्बोको नाम नै अपभ्रंश भई गुरुङ भएको भन्ने त्यहाका बुढापाकाहरुको कथन रहेको छ । साथै रीतिरिवाज र धनुष वाण्ँको कथासंग मेल खाएको पनि स्थानीवासीहरुको कथन छ र अहिले पनि त्यहा“का वासिन्दाहरु विश्वास गर्ने गर्छन् । यता राजकुमार गोम्बोका दाजु र जनता भने हृयावेङ खोलामा रगतको खोला बगाएर सखाप भईसकेका थिए । केही जनता त्यस चक्रव्युहबाट भाग्न सफल भएका थिए । बचेका जनताहरु दरबार आएर राजालाई लडाईको सम्पूर्ण खबर सुनाए । “हामी सबै जना ज्यार्दीहरुको चक्रव्युहमा फस्यौं र सम्पूर्ण राजकुमारको एउटै चिहान बनायो । अब हामी यहा“ बस्नु हुदैन हाम्रो पछि शत्रुहरु आइरहेकोछ अब बाकी रहेको जनता तथा राजा रानीको सुरक्षाको लागी यहाबाट अन्तै भाग्नुपर्छ  भन्दै राजालाई सल्लाह दिए । त्यसपछि रानीले७लदकउस एक हजार टपरीमा दालभात लटपटाई शत्रु आउने बाटोतिर फालीदिए । रानी आफु पनि विभिन्न भेषमा प्रत्येक झ्यालबाट पालै पालो शत्रुहरुको चियो गर्न थाले । रानीको त्यो चालदेखी शत्रुहरु पनि डराएर दरवारमा हमला नगरी भागे ।

वाइबा राजा तागुरले आङ्खनो चार राजकुमार शत्रुको षडयन्त्रमा गुमाएपछि आङ्खनी गर्भवती श्रीमती बुहारी, रानी सिलीमोङ तथा बचेका जनतासहित राज्यको पुर्वतिर छवापर्माजोङ लाग्नुभएछ । वर्माचेत जोङ, फोका जोङ, सिङला जोङ, गर्चा जोङ, मिक्ली जोङ हुदैं अन्तमा उर्वाङ जोङसम्म बसाई सर्ने क्रममा मिक्ली जोङमा बसेको समयमा विधवा बुहारीलाई पुत्रलाभ भयो । त्यही ठाउमा सुत्केरी राजकुमारीबाट आङ्खना स्वर्गीय पतिको सम्झना तथा आङ्खनो कोखबाट छोरा जन्मिएको उपदक्ष्यमा ठडाएको ढुंगा पनि प्रमाण्ँ बनेर रहेको छ । आङ्खनो विधुवा बुहारीबाट नातीको जन्म भएपछि वाइवा राजा तागुरलाई केही मात्रमा राहत मिलेको थियो ।

त्यसपछि आङ्खनो परिवार सहित हाल गौर गाउ भएको ठाउमा बसाई सर्नुभयो सो बसाई सर्ने बेलामा छोराहरुको सम्झनामा र नातीको जन्म भएको उपलक्ष्यमा मिक्लीजोङ र उर्वाङजोङको वीचमा एउटा मानें ९छोर्तेन० बनाउनुभएको रहेछ तर सो मानेंको टुप्पा नभएको र नाम पनि रुलुम माने नामाकरण्ँ गरेको रहेछ । सो मानें अहिले पनि देख्न सकिन्छ । समय व्यतित गर्ने सवालमा तागुर राजालाई गैर गाउं भन्ने ठाउमा पनि निकै संघर्ष  रहेछ । यस ठाउ“मा पनि ज्यादिर्हरुले निकै दुःख दिने गरेको र आफुले पर्वते ९खस्० भाषा बोल्न नजानेको हुदा उनीहरुले हामी यस ठाउमा पुस्तौंदेखी बस्दै आएको अरु मानिस यहा बस्न पाउने छैन भनि दुःख दिने गरेकोले शिकार खेल्ने बेलामा दङसिङ भन्ने ठाउको वाइबा राजासंग मित लगाएको र उनीहरु पर्वते भाषा बोल्ने भएकोले राजा तागुरले आङ्खनो समस्या समाधान गर्न मितको सहयोगमा ज्यार्दीहरुसंग मुद्दा लड्न थाले ।

यसरी वाइबा राजाले मितेरी सहगोग पाएर ज्यार्दी विरुद्द संघर्ष गर्न थाले । सो क्रममा जस्को पुरानो मानें छ उसैको यस ठाउमा बस्ने अधिकार छ भनि वाचा गरियो यसै वाचा वमोजिम आङ्खनो तरिकाबाट मानें ९छोर्तेन० बनाए तर ज्यार्दीहरुले पुरा ताछेर चिटिक्क बनाएछ । यता वाइबा राजा र राजाको मितले ढुंगा निकाली मानें बनाउदा बाहिरको बाहिर भित्रको भित्रै मिलाएर बनाएछ । अनि कस्को मानें पुरानो छ भनि जा“च गर्दा ज्यार्दीहरुको नया र वाइबा राजाको पुरानो भएको ठहर गरीयो सोही मानेंको आधारमा वाइबा राजाहरुले हालको धादिङको गैर गाउमा बसोवास गर्न पाएपछि आङ्खनो मितलाई भेडा काटी भोज ख्वाई मितलाई पनि यसै गाउमा सधैंको लागी बस्न आग्रह गर्नुभएको थियो ।

मितको अनुरोधलाई स्वीकार गर्दै दाङसिङको वाइबा राजा पनि गैर गाउमा बस्न थाले । सोही समयदेखि भेडा काटी भोज गर्ने चलन अहिलेसम्म पनि यथावतै छ । प्रत्येक बडादशैंको अषटमीको दिन बिहान वाइबा राजाहरुको घरमा भेडा काटी भोज गरेर मात्र मौलाको पूजा गर्ने चलन छ । वाइबा राजाको नाती राजकुमार छेवाङका पनि आठ भाई छोरा र एक छोरीको जन्म भया राजा रानी ९हजुर बाबा रहजुरआमा० को निधन भएपछि राजकुमार छेवाङले आङ्खनो बाजेको पुरानो राजदरबार डब्जाङजोङबाट केही पुर्वमा बाजे बज्यैको सम्झनामा दुईवटा मानेंहरु बनाउनुभएको रहेछ । सो माने अहिले पनि देख्न सकिन्छ । र छेवाङले पनि आङ्खनो निधनपछि मानें बनाउनुपर्छ भनि छोरा छोरीलाई भनेको हुदा छोरा छोरीहरुले आङ्खनो बुवाको सम्झनामा मानें बनाउनुभयो ।

सो मानें बनाउनको लागी प्रत्येक छोराछोरीको तर्फबाट एक र एक मुरी धान भुटेको फुल, मकैको फुल, लट्टेको फुल गरी जम्मा नौरनौ मुरी र दुध एक र एक पाथी गरी नौ पाथी, त्यस्तै गरी दही, नौनी घ्यु, रक्सी जाड नौ नौ पाथी जम्मा गरी होमा नामको मानें बनाउनुभयो । सो होमा मानेंमा प्रत्येक १२ बर्षमा  मेला लाग्ने गर्दछ । यो होमा मानें बनाउनको लागी वाइवा राजाको रगतले रंगिएको हृयावेङ खोलाको ढुंगा लिएर बनाएको भन्ने त्यहाका बुढापाकाहरुको भनाई रहेकोछ । अहिले पनि सो मानेंको ढुंगा टुटफुट भएमा वा मानेंमा भएको पाच वटा बुद्घको मुतिर्हरु टुट्फुट भएमा वाइबाहरुको ज्वाई ९चेलाको उपस्थितिमा हृयावेङ खोलाको ढुंगा ल्याएर मर्मत गर्ने गरिन्छ । यस गैर गाउमा अर्को रमाइलो कुरा के छ भने प्रत्येक बडादशैंको टिकाको दिन वाइबा राजाको शिकार खेल्ने चलनलाई साक्षि  राख्न धनुष वाण्ँबाट शिकार खेल्ने गरिन्छ । यो खेलमा एक व्यक्तीलाई कुकुरको रोल दिइन्छ भने गाउंको मुखियाले राजाको खेलेको हुन्छ । गाउँका युवाहरुले जनताको रोलमा मृग, हरिण्ँ जस्ता वन्यजन्तुको सट्टा७लदकउस फर्सी ल्याई राख्ने गरिन्छ र शिकारीहरु कुकुरलाई लिएर राजाको घरबाट शिकार खेल्न निस्कन्छ । यसमा सत्य कुरा के छ भने वाइबा राजाको पालामा राजाले प्रयोग गर्ने गरेका वज्रवाण्ँलाई पनि शिकार खेल्ने ठाउसम्म लाने गरिन्छ । सो वाण्ँबाट मारिएको शिकारको मासुको रुपमा प्रत्येक घरघरमा फसिर्को टुक्रा पठाउने गरिन्छ। त्यस पछाडी गाउको सबै जम्मा भएर हालको गाउँको मुखियाको घरको आगनमा रातभरि रमाइलो गर्ने गर्छ र पृथ्वीको उत्पतीदेखी हालसम्मको कथा सुनाउँदै मानें नाच्ने चलन छ

यस वाइबा राजाको दरवार क्षेत्रमा डब्ज्याङजोङमा अहिले हेर्न लायक वस्तुहरुमा यस प्रकार छन् ः९१० ढुंगाको ओखल, ९२० ढुंगाको ढिकी,९३० जातोको पिंधबाट लालीगुरास फुलको रुख( सो रुखले जातोलाई तीस फिट माथि उचालेको छ, ९४० त्यस ईलाकाको प्रत्येक ढुंगामा ॐ मानें पद्मे हु“ लेखेको शिलालेखहरु । ९५० सुत्केरीले उठाएको करिब पचास टनको ढुंगा आदि । वाइवा राजाको वंशजको नाम यसप्रकार छ – वाइबा राजा तागुर, रानी सिलिङ्मो, राजकुमारहरु ओम्वा, नब्वो, तिर्थ र गोम्बो राजकुमारी सत्यावती र सत्यावतीका छोरा छेवाङग र छेवाङगका आठ भाई छोराहरु । आठ भाई छोराहरु मध्ये एक भाई धादिङको दर्खामा र अर्को एक भाई नुवाकोटको दोलेवमा गई आङ्खनो प्रभुत्व जमाएको बुढापाकाहरुको भनाई रहेको छ । बाकी छ भाई हालको सेमजोङ गाविसको गैरा गाउमा आङ्खनो थलो बनाएर बसेको किंवदन्ती छ ।
यस कथामा उल्लेख गरिएका बुदाहरु सेम्जोङग गा.वि.स. का बुढापाकाहरुको भनाई र यस ठाउ“मा भएको वस्तुहरुमा आधारित रहेको छ । यो सेमजोङ दरबार सम्बन्धी रसिलो चाख लाग्दो सामाग्री नाम्सा दिमबाट साभार गरिएको हो ।

Loading...
  • दीपावली: झिलिमिली धादिङबेसी

    दीपावली: झिलिमिली धादिङबेसी

    धादिङबेसी कार्तिक २ । यमपञ्चकको तेस्रो तथा दिन बिहीवार ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा तथा दिपावली पर्व मनाईएको छ । उज्यालो पर्वका रुपमा मनाईने लक्ष्मीपुजा
  • ढाप भञ्ज्याङमा खुल्ला भलिबल प्रतियोगिता जारी

    ढाप भञ्ज्याङमा खुल्ला भलिबल प्रतियोगिता जारी

    धादिङ कार्तिक २ । धादिङको सिद्धलेक र ज्वालामुखि गाउँपालिकाको ढाप भञ्ज्याङमा सुरुभएको भलिबल प्रतियोगिता जारी रहेको छ । समाज परिवर्तनका लागि एकजुट मित्रता एवम् स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ
  • नगर विकास समितिमा कमल सापकोटा

    नगर विकास समितिमा कमल सापकोटा

    धादिङबेसी कार्तिक २ । धादिङबेसी सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकोको नगर विकास समितिको अध्यक्षमा कमल सापकोटा नियुक्ति हुनुभएको छ । नेपाल सरकार (मा.मन्त्री स्तर) को मिति ०७४ आश्विन २७ गते निर्णय
santoshdojer