गुम्दीमा पहिरो जाँदा, गोठालो सहित १७ बार्खा पुरिए

Avatar photo
Dhadingpost
शनिबार, भदौ २५, २०७३

धादिङ गुम्दी । धादिङको उत्तरी क्षेत्रमा पर्ने गुम्दी गाविसमा पहिरो जाँदा गोठालो सहित १७ बाख्रा पुरिएको छ ।

गुम्दी गाविस वर्डा नं. ८ स्थित ईदुडिलबाट झरेको पहिरोमा परि बेदबहादुर सुबेदीको गोठालो गएका ३२ वर्षिय छोरा टलकबहादुर सुवेदी र उनले चराउन लगेको २२ बाख्रा मध्य १७ बार्खा पहिरोमा परि पुरिएको र गुम्दीबाट स्थानिय रामेश्वर सिंखडाले बताउनुभयो ।

विगत केहि दिन देखि नियमित पानी परि रहेको उक्त क्षेत्रमा शुक्रबार दिउँसो पहिरो गएको थियो । दिउँसो बाख्रा चराउन गएका सुवेदी साँझ सम्म नआए पछि पहिरो आसपास क्षेत्र खोजी गर्दा २२ वर्ष बाख्रा ५ बाख्रा पहराको ओतलागि बसीरहेको भेटे पछि अन्य भाख्रा र गोखालो गएका सुवेदी पहिरोमा परेको हुन सक्ने भन्दै खेजिकार्य जारी राखिएको समेत सिंखडाले बताउनु भयो ।

बाख्रा चराएकै ठाउँ पहिरोले पुरिएको र पहिरो हटाउन पनि सहज नभएकोले प्रहरीलाई खबर गरेका छौ तर प्रहरी आई नपुगेको, यो समाचार तयार पार्दा सम्म उक्त पहिरो गएको क्षेत्रमा पानी परि रहेको र फेरी पहिरो खस्न सक्ने भएले खोजबीनको लागि अफ्ठ्यारो भएको स्थानिय सिंखडाले बताउनु भयो । घटना स्थल प्रहरी नपुगेकोले पहिरोमा परि भएको थप  जनधनको क्षेति पुष्टि हुन भने बाँकी छ । उपलब्ध पहिरोको फोटोः किरण सिंखडा