धादिङमा जाग्दै नयाँ शक्ति (जे देखियो)

Avatar photo
Dhadingpost
बुधबार, भदौ १५, २०७३

2धादिङबेसी भाद्र १५ । आर्थिक समृद्धिको नारा लिएर गठन भएको बाबुराम भट्टराईको नयाँ शक्ति नेपाल पार्टी अहिले धादिङमा जाग्दै गएको देखिन्छ ।

०७२ फागुन ८ गते पूर्व सभाषद बीर बहादुर तामाङको संयोजकत्वमा १ सय २७ जिल्ला परिषद बने यता धादिङमा नयाँ शक्तिको चहल पहल बढेको हो ।

धादिङका एकाध गाविस बाहेक सबै गाविसमा गाउँ भेला सकिसकेको नयाँ शक्ति नेपाल पार्टीले बुधबार माओवादी केन्द्रका मजदुर नेता शालिकराम जमकट्टेलको गाविसमा गाउँ भेला सम्पन्न गरेको छ । उक्त गाउँ भेलाले मानबहादुर तामाङको नेतृत्वमा ३५ सदस्ययि गाउँ कमिटी समेत गठन गरेको थियो । माओवादी केन्द्र धादिङका इन्चार्ज समेत रहेका शालिकराज जमकट्को गाविसबाट नयाँ शक्तिमा संगठित हुनेमा अधिकाँस माओवादी कार्यकर्ताहरु नै भएको एक नेताले बताए ।

अन्य पार्टीहरुको आरोप प्रत्यारोप छाडेर सुट्क्क गाउँ पस्ने गरेका नयाँ शक्तिका नेताहरु धादिङमा दर्जनको हाराहारीमा पनि थिएनन् । तर अहिले भने धादिङका सबै गाविसमा आफुनो बाक्लो उपस्थिति देखाउन थालेका छन् । सल्यानकोट गाविसबाट रविन्द्र बस्नेतको नेतृत्वमा गाँउ कमिटि बनाई आफ्नो अभियान सुरुगरि उपस्थिति देखाउन थालेको नयाँ शक्तिले अहिले दैनिक जस्तो जिल्लाका विभिन्न ठाउँमा कार्यक्रमहरु गरि रहेका छ ।

नयाँ शक्ति पार्टी,नेपाल आन्तरिम गाउँ परिषद धुवाकोटको भेला गरि सोम बहादुर तामाङ संयोजक, भिम गुरुङ र चिरञ्जीवी नेपाल सहसंयोजक रहने गरि १९ सदस्यीय अन्तरिम गाउँ परिषद गठन गरेपछि माओवादीको राम्रो उपस्थिति रहेको धुवाँकोटलाई धक्का लागेको छ ।

नयाँ शक्ति धादिङले जेठ २२ गते धादिङ काठमाडौ सम्पर्क संयन्त्र बनाएको थियो । यहिले यो संयन्त्रलाई फराकिलो पार्दै प्रत्येक गाविस स्तरीय काठमाडौं सम्पर्क संयन्त्र बनाउने अभियान अन्तरगत नाया शक्ति पार्टी, नेपाल ज्याम्रुङ(काठ्माण्डौ सम्पर्क संयन्त्र को प्रथम भेला सम्पन्न गरि सकेको छ ।

यस्तै नयाँ शक्ति धादिङ निलकण्ठ नगरपालिका वडा न २ को भेलाले इन्द्र बहादुर थापामगरको संयोजकत्वमा र प्रेमबहादुर मगरको सह संयोजकत्वमा १९ सदस्यीय वडा कमिटी चयन समेत गरेको छ । उपस्थितिको हिसावले नयाँ शक्ति धादिङबेसी सदरमुकाममा राम्रै देख्न सकिन्छ । नयाँशक्ति नेपाल निलकण्ठ नगरस्तरीय प्रारम्भिक युवा भेलाबाट मात्रिका कोइराला ज्युको संयोजकत्वमा गठित २३ सदस्यीय युवा नगरकमिटि पनि बनाएको छ ।

अन्य पार्टीको जनरमा नयाँ शक्ति

अन्य पार्टीहरुको नजरमा नयाँ शक्तिलाई गौण रुपले लिने गरेका छन् । स्थापित पुराना नेताहरु नदेखुनु र राजनीतिमा सक्रिय नलागेका व्यक्तिहरु नयाँ शक्ति तिर लाग्नुमा अन्य दलले हल्का ढंगले लिने गरेका छन् ।

अहिले जति अनुहारहरु नयाँ शक्तिमा देन्छिन् ति अधिकाङ्स माओवादी कार्यकर्ता देखिन्छन् भने नगन्य मात्र एमाले काङ्ग्रेस कार्यकर्ताहरु लागेका छन् । निराशा, अपमानित र अन्य दलको दर्शनबाट भन्दा पनि व्यवहारबाट आजित युवाहरुको जमघट अहिले नयाँ शक्ति बनेको बताईन्छ ।

3

बाबुरामको उपस्थितिमा अन्तरक्रिया

गत जेठ १४ गते शुक्रबार धादिङ बेंसिको खेलकुद कभडहलमा नेपालमा बैकल्पिक राजनितिक शक्तिको आबस्यकता बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा गरेको नयाँ शक्तिले त्यस यता आफ्नो वैचारिक लाईनलाई समातेको थियो । यो अभियानले नयाँ शक्ति किन र के का लागि भन्ने व्यापक अन्तरक्रियाले राम्रै प्रभाव पारेको अनुमान धादिङबासीले गरेका थिए ।

aaaa

तुहियो सहकारी खोल्ने अभियान

“नयाँ शक्ति नेपाल धादिङले“ एउटा यस्तो बहुउद्देश्यीय सहकारी संस्था स्थापना गर्न गैरहेको छौ, जसले धादिङ जिल्लामा रहेका सबै गाविसहरु र नगरपालिकालाई प्रतिनिधित्व गरि कृषि सम्बन्धि तालिम दिई ।

आवश्यक परेको रकमहरु सर्वसुलभ ब्याजदरमा उपलब्ध गराई कृषि क्रान्ति गर्न गैरहेका छौ । आउनुसहोस् अब आफ्नो अनुभव रायसुझाव सहयोग बाडौँ सरसल्लाह लिगौँ हातमा हात साथमासाथ मिलाई धादिङ जिल्लालाई एक कृषि जिल्लाको रुपमा बिकास गरौ । भनेर सामाजिक संजालमा प्रचार गरेका थिए ।

सहकारी दर्ता प्रक्रिया रोकिएकाले सुनौला बजार तल्लोबेसमिा संचालित एक सहकारी किन्ने अन्तिम तयारी पनि थियो तर त्यो सहकारीमा माओवादी नेताहरु पनि रहेको र उनहिरुले त्यो थाहा पाए पछि त्यो किन बेच हुन रोकिएको थियो । “नयाँ शक्ति नेपाल धादिङ अहिले माइक्रोहाईड्रो किन्ने तयारीमा लागेको बुझिएको ।