धादिङमा एकै दिन २ सय १४ कर्मचारी कार्यालय आएनन् (विवरण सहित)

Avatar photo
Dhadingpost
शनिबार, भदौ ४, २०७३

धादिङबेसी भाद्र ४ । जिल्ला प्रशासन कार्यलय धादिङले जिल्लामा गरेको छड्के जाँचमा धादिङका ७ वटा सरकारी कार्यालयका प्रमुख सहित २१७ कर्मचारी अनुपस्थीत रहेको भेटिएको छ ।

जिल्ला प्रसासन कार्यालय धादिङले शुक्रबार बिहान १०ः१५ हाजिरी पुस्तिका चेक गर्दा ७ जना कार्यलय प्रमुख सहित ति कर्मचारीहरु अनुपस्थिति रहेको भट्टाएको हो ।

कुन कार्यालयमा कति अनुपस्थिति

१. जिल्ला अस्पताल धादिङमा ५४ जना
२. जिल्ला विकाश समिति कार्यलयमा २६ जना
३. जिल्ला प्राविधिक कार्यलयमा १९ जना
४.जिल्ला स्वास्थ कार्यलयमा १७ जना
५.जिल्ला शिक्षा कार्यलयमा १५ जना
६.नेपाल विद्युत प्राधिकरण कार्यलयमा १५ जना
७.जिल्ला नापी कार्यलयमा १३ जना
८.जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यलयमा १३ जना
९.जिल्ला मालपोत कार्यलयमा ९ जना
१०.जिल्ला कृषि विकास कार्यलयमा ६ जना
११.घरेलु तथा साना उद्योग विकाश समिति ६ जना
१२.जिल्ला भू–संरक्षण कार्यलयमा ६ जना
१३.जिल्ला पशु सेवा कार्यलयमा ६ जना
१४.सिचाई डिबिजन कार्यलयमा ५ जना
१७.जिल्ला वन कार्यलय २ जना
१८.डिविजन सहकारी कार्यलयमा २ जना

माथि उल्लेखित कर्मचारीहरु अनुपस्थीत रहेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकिय अधिकृत राममणि मिश्रले बताउनु भयो । विहिबार सार्वजनिक विदा परेको र आज पनि सार्वजनिक विदा भएका कारण यति धेरै कार्यालयमा कर्मचारी अनुपस्थित रहेको अनुमान गरिएको छ । कार्यालयमा नभेटिएका कर्मचारीलाइ नियम अनुरुप कारवाहि गरीने जिल्ला प्रसासन कार्यालय धादिङले जनाएको छ ।