कल्भर्टबाट चिप्लिएर एकजना वेपत्ता

Avatar photo
Dhadingpost
सोमवार, साउन ३१, २०७३
धादिङ साउन ३१
15082016113159Khola-(7)-1000x0 15082016113159Khola-(7)-1000x0
बाढीमा बगेर आएका दाउरा निकाल्ने क्रममा सोमबार विहान सदरमुकामस्थित पशुपती मन्दिर नजिकैको थोपाल खोला कल्भर्टमा चिप्लेर एकजना वेपत्ता भएका छन् ।

जिल्लाको उत्तरी भेग तर्फ जाने सडकमा निर्माण भएको कल्भर्ट नाघेरै आएको बाढीले वसेरी–५, निवासी ४५ वर्षीय बमबहादुर कार्कीलाई बगाएपछि उनी वेपत्ता भएका हुन् ।

भूकम्पपछि विस्थापितभइ सदरमुकाम आएर चना र चट्पटे बेच्दै ठेला लिएर गुजारा गर्दैै आएका कार्की सोमवार बिहानैदेखि बाढीले नाघेको कल्भर्टबाट दाउरा निकाल्ने र खोला तर्न नसक्ने हरुलाई खोला तारेर सहयोग गर्दै आएका थिए ।

आइतबार रातभर परेको अविरल वर्षाले स्थानीय थोपाल खोला उर्लेर कल्भर्ट बन्द भएपछि आवतजावत गर्न समेत बन्द भएको थियो । बिहानै तरकारी र दुध बोक्ने मात्रै हैन सरसामान ढुवानी गर्ने साना ढुवानी साधन र जीपहरु समेत तर्न सकेका थिएनन् । स्थानीय प्रशासनले कल्भर्टमा अड्केका रुखका मुढाहरु पाखा लगाई आवतजावत गर्न सहज गराएको छ ।

चिप्लेर वेपत्ता भएका कार्कीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।