काभ्रेका मिजार हत्या प्रकरणमा धादिङका सिडियोको भुमिका शंकास्पद

Avatar photo
Dhadingpost
सोमवार, साउन १०, २०७३

धादिङ,साउन १० । धादिङ फुर्के खोलाको पुल छेउमा भएको काभ्रेका ‘अजित मिजारको हत्या प्रकरणबारे छानबीन के भइरहेको छ ?’ यो प्रश्नमा धादिङका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदीको जवाफ थियो ‘काम हुँदै होला अहिले पत्रकारसँग बोल्न मिल्दैन, पत्रकार पनि दुई पैसामा विक्ने हुन्छन् ।’

पत्रकारीता पेसालाई नै अपमान गर्ने उनको यो अभिव्यक्ती निकै खेदजनक त छ । मिजारको हत्या भएको हो या होईन छानविन समितिका संजोजक समेत रहेका धादिङका सिडियो सुवेदीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र हत्या छानबीनमा सिडियोको भुमिका शंकास्पद रहेको देखिन्छ ।

मिजारको हत्या प्रकारणका

अन्तर्जा्तिय विवाहाका कारण काभ्रेका अजित मिजारको धादिङमा केही दिन अघि हत्या भएको थियो । सोही हत्या प्रकरणबारे छानबीन गर्नको लागि गृहमन्त्रालयले छानबीन समिति गठन गरेका थियो । आश्चर्य लाग्दो कुरो यो पनि छ की घटना घटेको यतिका दिनसम्म पोस्टमार्टम रिपोर्ट समेत सार्वजनिक भएको छैन । घटनाको छानबीन गर्ने अधिकारी नै यस्तै गैरजिम्मेवार अभिव्यक्ति दिइरहेका छन् । यसले घटनालाई झनै शंकास्पद बनाएको छ ।

के थियो घटना ?

काभ्रेको पाँचखाल –६, होक्सेका १८ वर्षीय अजित ढकाल मिजारले काभ्रेकै ५२ किलो निवासी कल्पना पराजुलीसँग २५ असारमा प्रेम विवाह भएको थियो । स्थानिय सर्वमंगल उमावीमा उनीहरुसँगै पढ्थे । कक्षा १२मा पढ्ने क्रममा प्रेम सम्बन्ध भएपछि विवाहामा परिणत भएको थियो । विहे लगत्तै आफन्त र प्रहरीको मिलेमतोमा उनीहरुको विवाहलाई विच्छेद गरिदिएको थियो । परिवारका सदस्यका अनुसार युवतीको माईति पक्षले अजित मिजारको परिवारलाई धम्कि दिएका थिए । ‘केटीसँग सम्पर्क भए मात्रै पनि धर्तीमा टेक्न नदिने धम्की दिँदै आएको थियो’ परिवारका सदस्यले भने ।

माईतिपक्षले धम्कि दिएको दोस्रो दिन अर्थात असार २९ मा रिचार्ज किन्न भन्दै १ सय रुपैँया घरबाट लिएर निस्कँदै थिए । आफूसँग भएको १ सय रुपैयाँ मध्ये ५० रुपैयाँ आफ्नी बहिनीलाई दिए । दिउँसो घरबाट निस्केका अजित दुई दिनसम्म घरमा नआएपछि परिवारका सदस्यहरु अत्यासमा परे । तर, सामाजिक सञ्जालमा उनको तस्विर भाईरल भइसकेको थियो । धादिङको मलेखु बजार नजिकै रहेको फूर्के खोला किनारको प्रतिक्षालयमा उनको शव झुण्ड्याइएको अवस्थामा थियो । सोही तस्विर अनुसार परिवारका सदस्य ईलाका प्रहरी कार्यालय गजुरी पुगे ।

तर, प्रहरीले बेवारिसे शव भन्दै नक्कली पोस्टमार्टम रिपोर्ट बनाएर गाडिसकेको थियो । तर, प्रहरीले गरेको पोस्टमार्टम विश्वास नलागेको भन्दै आफन्तले लास खोतलेर पोस्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पतालमा ल्याएका थिए । शिक्षण अस्पतालले पोस्टमार्टम गर्न अस्विकार गरेपछि गृहमन्त्रालयको दबावमा पोस्टमार्टम गरिएको थियो । तर, अहिलेसम्म पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन ।

प्रहरीले नै बनायो नक्कली पोस्टमार्टम रिपोर्ट

सामान्यतया शवको पोस्टमार्टम गर्दा शरिरको चीरफार गरिन्छ नै । तर, अजित मिजारको शवलाई प्रहरीले पोस्टमार्टम गर्दा भने लगाएको कपडा उतारेको छैन । ‘शरुमा हामीलाई प्रहरीले पोस्टमार्टम गरेका छौं, नेपाल सरकार एउटै हो किन दोहो¥याएर पोस्टमार्टम गर्नु पयो भनेको थियो,’ मृतकका आफन्त केशव मिजारले भने, ‘हामीले लास निकालेर हेर्न खोज्दा पनि प्रहरीले ५ फिट गाडिएको छ किन निकाल्नु पर्यो भनेको थियो । तर, निकाल्न जाँदा २ फिट पनि खाल्डो खनिएको रहेन छ । शव निकाल्दै गर्दा प्रहरी नै हरायो ।’ प्रहरीले हचुवाको भरमा गरेको नक्कली पोस्टमार्टम रिपोर्टहरु हेर्ने हो भने प्रहरीले नै फर्जी कार्य गरेको पुष्टि हुन्छ ।