बिहेपछि एउटा छोरा एउटा छोरी जन्माउछु होला :गायिका मुना बानिया

Avatar photo
Dhadingpost
आइतवार, असार १९, २०७३

13516542_606212339544166_1838601125318533380_n
धादिङको मूलपानि गाविस वडा नं. ६ बानिया गाउमा आजभन्दा २२ वर्ष अगाडि जन्मेकी गायिका हुन मुना बानिया । गत असार ६ गतेदेखि २३ वर्षमा पाइला टेकेकी मुनाले निष्ठुरीलाई भन्छु भेटेर दोहोरी गीत तथा तीजको भाकामा समेत आवाज भरिसकेका छन । आज सम्म पनि सिंगल नै रहेको मुना बानियाँलाई धादिङपोष्टका लागि सोधिएको २० प्रश्न ।

१. आजभोलि के मा ब्यस्त हुनुहुन्छ ?

डिप्लोमा लाष्ट यएरको विद्यार्थी हुनाले परिक्षा चल्दै गर्दा पढाईमा नै व्यस्त छु । खासै अरु केहि छैन ।
२. जीवन भोग्दै जाँदा आज आएर तपाईको बिचारमा जीवन के हो ?
संघर्ष नै संघर्षले भरिएको दुःख सुख नै जीवन हो । संघर्ष नै जीवन हो ।

३..जीवनमा भोगेको कहिल्यै नबिर्सने एउटा अविस्मरणीय पल ?

म स्कुल पढदा खेलाडि पनि थिए काठमाण्डौको रंगशालामा रनिङ सिल प्रतियोगितामा सफल भएको समयमा उल्का खुशि भए । र कक्षा १०मा पढ्दा हामि साथीहरुसँग दार्जिलिङको भ्रमणमा गएका थियौ त्यो पलको समय साह््रै रमाईलो भयो आज भोली पनि झलझलि सम्झिरहन्छु ।
४.तपाई त एल्बम समेत निकालिसक्नु भएको कलाकार आजभोली किन अस्ताउनु भएको ?
हा हा अस्ताउनलाई म घाम हुँ र म अस्ताएको छैन । म पढाईमा लागि परेकोले हुँ ढुक्क हुनुस पूर्णिमाको चन्द्रमा जस्तै गरि उदाउदै छु हा हा । वाध्यताले पनि यस क्षेत्रमा अलि पछि भाको जस्तो देखिएकै हो ।
13439138_605769699588430_1988850388403800788_n
५. के हो लोक गीत भनेको ?
उकाली ओरालीमा सुस्केरा हाल्दै सुद दुःख साथी नै लोक गीत हो ।
६. भविष्यमा गएर तपाई के बन्ने ?
ह हा लौ न नी के भन्नी होला ,असल नारी । ।सोचेको पुग्यो भने अनाथ बालवालिकाको लागि निशुल्क शिक्षा दिक्षा दिलाउने छु ।
७किन तपाई असल नारी होईन र ?
अहिले पनि असल नारी नै हुँ अलि पछि पनि सामाजिक कार्य गरेर वृद्धवृद्धाको लागि अझै असल नारी हुन चाहन्छु ।
८..अब त उमेर पनि पाको हुदै गयो घरजम गर्नी सोच बनाउनु भएको छैन ?
ह हा बल्ल त जीवन के हो भनेर बुझ्दै छु खासै विवाहको बारेमा सोचेको छैन ।
९. माँया के हो ?
दुई आत्माको मिलन भन्छ त्यै होला ।
१०. अहिले सम्म तपाईलाई कति जनाको प्रेम प्रस्ताव आयो ?
ह हा खै मैले यति जना भनेर गन्न त बिर्सेछु तर प्रस्ताव चाहि धेरै आयो ।
११.लभ यु टु भन्न भएन ?
नाई मैले कसैलाई नराम्रो पनि भनिन र कसेको प्रेम प्रस्तावलाई ओक पनि भनिन ।
१२ं विवाह कस्तो गर्नुहुन्छ ? झ्याई झ्याई बाजा बजाएर मागी की सुटुक्क लुगाको पोको बोकी भागी ?
हैट, कडा प्रश्न हा हा सुटुक्क कपडाको पोको बोकेर त कुनै पनि हालतमा हुदैन म त ? झ्याई झ्याई बाजा बजाएर मागि विवाह गर्नी हो । तर परिस्थिति के हुन्छ भन्न सकिन्न हा हा हा ।

१३ बिहे गर्दा कस्तो केटासँग गर्नुहुन्छ ? मनमा आँट भाको कि गोजिमा गाँठ भाको ?
गेजीमा गाँठ र मनमा आँट दुवै हुनुप¥यो नी । नारीको इज्जत गर्नी अनि मेरो सुख दुःखमा साथ दिने खालको होस ।
१४ .बिहेपछि कति ओटा छोराछारी जन्माउछु भनेर केहि सोच्नु भाछ ?
हा हा पहिलो कुरा बिहे नै भा छैन त्यस्तो सोच कसरी बनाम र खोई । सायद २ वटा हुन्छ होला ।
१५ जीवनमा गर्छु भनेर पनि गर्न नसकेको काम केहि छ ?
म गीत गाउनी नाच्नी मात्र नभएर हरेक गेमहरु पनि खेल्छु राष्टीय खेलाडि बन्ने चाहना थियो त्यो पुरा हुन सकिन ।
१६ । मन पने लोक गायक गायिका ?
धेरै छन तर पनि नामै लिनु पर्दा गायक मेरो भाइ राज कुमार बानिया ,पुस्कल शर्मा गायिकमा देवि घर्ति मगर , विष्णु माझि
१७। तपाईलाई मन पर्ने नेपालको ठाउ ?
हा हा धादिङ नै हो ।
१८। तपाईलाई मन पर्ने खाना ?
दाल भात तरकारी
१९.अल्कोहल पिउनु भा छ ?
नाई छैन

प्रस्तुतीः गंगालाल गुरुङ