धादिङ सुनसान हुने अवस्थामा

Avatar photo
Dhadingpost
बिहिबार, असार १६, २०७३

गंगालाल गुरुङ

maxresdefault
उतरबाट दक्षिणतिर फुकेको जिल्ला हो धादिङ । पूर्वमा काठमाण्डौ , रसुवा  र नुवाकोट पश्चिममा गोरखा उत्तरमा चिनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा मकवानपुर  र चितवन जिल्लाले घेरिएको जिल्ला हो ।  जिल्लाको परिचय र अन्य भौगोलिक अवस्थाको बारेमा अघिल्लो लेखमा नै प्रस्तुत गरिसकेको हुदा शिर्षक अनुसार नै अगाडि बढन चाहन्छु ।
धादिङ र गोरखा जिल्लाको सिमाना भएर बग्ने बुढिगण्डकीबाट जलविद्युत निकाल्ने र धादिङले काँचुलि फेर्ने छ भनेर यो विषय देश तथा बिदेशको कुना काप्चामा समेत  चियो चर्चा हुने गरेको छ । बहुप्रतिष्ठित बुढिगण्डकी  आयोजनाबाट धादिङको १० गाविस  सलाङ,  मैदी, खरी , चैनपुर, सल्यानटार, आगिञ्चोक, त्रिपुरासुन्दरी, मार्पाक, बसेरी, मूलपानी र बुढाथुमका स्थानिय जल जमिन उपभोग गर्दै आएका मानिस घरवार छोडेर हिडनु पर्ने हुन्छ ।

यसरी गोरखा र धादिङको करिब ४५ हजार भन्दा बढि मानिस आफ्नो ठाउ छाडेर हिडनु पर्दा बुढिगण्डकीबाट विस्थापित मानिस आफ्नो जिल्लामा नै बस्छन की बसाई सरेर देशको मुख्य शहर वा तराई झर्छन त्यो चासोको विषय बन्न गईरहेको छ । धादिङबाट करिब २५ हजार विस्थापित धादिङमा नै बस्ला की मुआब्जा पाएपछि जिल्ला नै छाडने हो यस विषयमा सोचनीय  कुरा त छदै छ यदि २५ हजार मानिसले धादिङ छाडयो भने आज भोली एक त पहाडबाट बसाई सरि जाने लर्को नै लागेको बेलामा यसले राम्रो सन्देश पक्कै पनि दिने छैन ।

धादिङको प्रमुख ऐतिहाँसिक धार्मिक स्थल त्रिपुरा सुन्दरी माईको मन्दीर, मासको लागि प्रसिद्ध स्थल सल्यानटार आदि फाँट र टारहरु गुमाउने अवस्थामा रहेको देखिन्छ । बुढिगण्डकी बन्ने भो भनेर एकछिन हाँसेपनि काम गर्दै जाँदा धादिङको भविष्य जोखिममा रहेको छ ।
मानिस विस्थापित हुनु भनेको त्यसको ठाउको मानव सभ्यता , चालचलन , भेषभूषा  समेत विस्थापित भई लोप हुने गर्दछ । बुढिगण्डकी बन्ने भो भनेर अहिले हाँसेपनि पछि गएर रुवाउने त होईन रु

देशको ६८ भन्दा बढि जिल्ला पुग्न तपाई पृथ्वीराजमार्ग अन्र्तगतको धादिङको बाटो प्रयोग गर्दै आउनु भएाके छ । जहाँ दिनमा ९ हजार भन्दा बढि सवारी साधन आवात जावत गर्दछ । पुर्व जान, तराईको जिल्ला जान र पश्चिम जान लगायत त्रिभुवन राजपथबाट पनि काठमाण्डौ भित्रिदा धादिङकै बाटो प्रयोग गनुपर्ने हुन्छ । पृथ्वीराजमार्गको अधिकांश भूभाग धादिङमा नै पर्ने गर्दछ । त्यसैले ६८ जिल्लालाई जोडने लाइफ लाईनको रुपमा रहेको धादिङको पृथ्वीराजमार्गमा पनि अब सवारी साधन कमै गुडने सम्भावना प्रबल रहेका छन । सिन्धुली बर्दिवास सडक बनेपछि पृथ्वीराज मार्गमा सवारी पहिलेको तुलनामा केहि कम भएको छ । हाल काठमाण्डौ देखि बाराको नीजगढ जोडने बहुप्रतिक्षित फाष्ट ट्रयाक सन  २०१८ सम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । तत्कालिन सरकार माधव कुमार नेपालको पालमा वि।सं। २०६६ साल कार्तिक २३ गते शिलान्यास गरि द्रुत मार्गको ट्रयाक खोल्ने नेपाली सेनालाई दिई हाल काम भईरहेको छ । तर यो काम गर्न भने त्यति सजिलो भने छैन ।

यदि यो मार्ग बनिहालेमा हाल पृथ्वीराजमार्ग भएर पुग्नु पर्ने अधिकाँश जिल्लाको दुरि कम हुने हुदाँ त्यै बाटो प्रयोग गर्ने देखिन्छ । हाल ७ घण्टामा पुग्न सकिने ठाउमा फाष्ट ट्रयाक बनेमा डेढ घण्टामा पुग्न सकिनेछ । यदि यो मार्ग बनिहालेमा  धादिङको राजमार्ग क्षेत्रमा हुने गरेको व्यापार संकटमा पर्ने देखिन्छ । राजमार्ग क्षेत्रमा रहेको इट्टा उद्योग , ग्याँस पम्पहरुको भविष्य पनि अन्योलमा रहने देखिन्छ ।

मलेखुको माछा , नौविसे , धार्के , जोगिमारा , धुषा , बेनिघाट गाविसबाट उत्पादित तरकारी हाल राजधानी काठमाण्डौ  प्रमुख शहरहरु पोखरा , नारायगढमा समेत खपत हुने गरेकोले त्यहाँको बिकास र आर्थिक उपार्जन ठूलो टेवा पुगिरहेको छ । यदि यो मार्ग बनेका त्यसको प्रत्यक्ष असर त्यहाँका किसानहरुमा पनि पर्ने देखिन्छ । हाल पर्यटनको मुख्य हिस्साको रुपमा रहेको त्रिशुलीमा ¥याफ्टिङ पनि घटने सम्भावना देखिन्छ । हाल हजारौ सवारी साधन आवतजावत गरिरहेको पृथ्वीराज मार्गमा  फाष्ट ट्रयाक बनेमा पोखरा , स्याङजा , गोरखा , लमजुङ, बाग्लुङ, आदि जिल्लाबाट आउने जाने गाडिको मात्र आवात जावत हुने सम्भावना देखिन्छ ।
धादिङ रोजगारीको लागि सम्भावना कमै रहेको जिल्ला जहाँ हालसम्म पनि पर्याप्त मात्रामा उद्योग कलकारखाना विकसित हुन नसक्नुको कारण पनि जिल्लाबाट लाखौको संख्यामा रोजगारीको लागि जिल्ला छाडने गरेको छ । विद्यार्थीहरु  पढाईको शिलशिलामा पोखरा , काठमाण्डौ छिर्ने  गरेका छन । जिल्लामा पायक पर्ने स्थानहरुमा कलेज नहुनु र रोजगारी गर्दै पढने विद्यार्थीहरुलाई अवसर नहुने पनि धादिङको गाउ बस्ति आजभन्दा झन भोली सुनसान बन्दै गईरहेका छन ।

गाउमा आजभोली दक्ष र जोशिलो पाउन धादिङमा हम्मे हम्मे परिहेको रहेको बेलामा तराई जोडने मार्ग बनेमा धादिङको अवस्था के होला एक चोटि सोच्नुस त ?

र यो पनि

https://dhadingpost.com//%e0%a4%b5%e0%a4%bf%e0%a4%9a%e0%a4%be%e0%a4%b0-%e0%a4%ac%e0%a5%8d%e0%a4%b2%e0%a4%97/6069/