धादिङका कुमार अधिकारीलाई १० प्रश्न, भ्रम र यथार्त

Avatar photo
Dhadingpost
शनिबार, बैशाख ११, २०७३

१. कुमार अधिकारी कस्तो मान्छे हो ?
-हरेक मान्छे को आ -आफ्नै जिबन परिचय हुन्छ, जुन परिचय कलमको मसिले हैन ताकी उसको कर्मको मसिले कोरिन्छ, र हरेक मान्छेको जिबन मा २ पाइला आगाडी बढ्नुछ भने एक कदम पछाडी सर्न नि जान्नुपर्छ जहाँ हरेक मान्छेको लागि हितकार कार्य गर्न लागीपरिन्छ….

२. कुमार अधिकारीको विगत र अहिलेमा के फरक छ ?

-कुमार अधिकारी पहिला जस्तो थियो अहिले पनि त्यहि हो ।

३. विगतमा तपाई धादिङबेसी रहादा पुरै बजार कब्जा गर्नु हुन्थ्यो उदण्ड भन्नेहरु अहिले भेटिन थाले नि ?

-जो मानिस सत्यको बाटोमा हिड्छ त्यसको लागि नराम्रो सोच्ने र भन्ने मानिसहरु अवस्य हुन्छन, जसले नेपाल सरकारको आखामा छारो हाली ब्याक्तिगत स्वार्थ बोकी गद्दार गर्न खोज्छ तेस्को पर्तिकारमा मैले काम गरे र धादिङ्गबेशीका मान्छेहरुलेहरुले पनि मलाइ साथ् दिए तर यसको मतलब यो हैन मैले उदण्ड मचाएर हिडे, र यो उदण्ड शब्द ले मलाई अंकित ति ब्याक्तिहरुले गरेका छन जो ब्याक्तिहरु ति गद्दार कार्य गरि ब्याक्तिगत स्वार्थमा हिडेका थिए, र ति ब्याक्तिगत स्वार्थ को लागि उदण्ड मचाएर हिड्ने ब्याक्ति हरुले मात्र मलाई उदण्ड मचाएर हिडे भन्छन ।

४. विगतमा उदण्ड व्यक्तिको बारेमा अहिले केहि अनलाईनलाई पैसा दिएर गुण गान गाउन लगाएको आरोप आयोनी ?

-अनलाइन खबर, टि. भि. र पत्रिका बिक्रीमा राखिएको कुनै बिकाउ बस्तु हैन । यसलाई बिकाउ बस्तु ति ब्याक्तिहरुले बनाई राखेका छन जुन ब्याक्तिहरु बिगतमा गद्दारी कार्यमा संलग्न थिए र जसको प्रतिकार मैले गरेको थिए, सत्य बाटोमा हिड्ने मान्छेको खबर कुनैपनि अनलाइन खबरमा आउदैमा त्यसलाई पैसामा बिक्रि गरिएको खबर भन्न मिल्दैन ।

५. कमाउन गएको कुमार अधिकारी परिवार भन्दा माथि उठेर सामाजिक सेवाभावमा देखिनु पर्ने कारण ?

-दुस्ख के हो ति ब्याक्तिहरु लाई सोध्नु होस्, जो एक पेट खान को लागि रातदिन नभनी दश नंग्रा खियाइ पसीना बगाउछ्न र भोक के हो ति ब्याक्ति हरुलाई सोध्नुहोस जसले दस नंग्रा खियाइ रगत पसिना बगाई कमाएको पैसा समयमा हात नपर्दा भोकै दिन रात गुजारा गर्छन र पेट बाधेर काम गर्छन । त्यसैले आफ्नो देशमा गरिबीका रेखामुनी रहेका मानिस हरुलाई सेवा गर्न हरेक नेपाली को कर्तब्य हुन आउछ । जुन सामाजिक भावना विदेशमा रहेका हरेक नेपाली ब्याक्तिमा छ जसमा म पनि एक हु । यसलाई पारिवारिक सम्झेउता संग तुलना गर्न मिल्दैन ।

६. अहिले तपाई कुन देशमा के कामको लागि हुनु हुन्छ ?

-हाल म अष्ट्रीया मा छु , र म के को लागि काम गर्छु यो मेरो ब्याक्तिगत कुरा हो । तर समाज सेवा मेरो पहिलो प्राथमिकता हो ।

७. सामाजिक क्षेत्र प्रति चासो राख्ने व्यक्ति समाज, समुदाय प्रति के गर्नु भयो ?

-यो कुरा मलाई भन्दा ति ब्याक्तिहरुलाई थाहा छ जसले मेरो सामाजिक कार्यलाई चासो दिइ मेरो पछाडी उदण्ड मचायो भनि पछि परेका छन् ।

८. तपाई आफ्नो आम्दानीको कति प्रतिशद रकम सामाजिक काममा खर्चनु हुन्छ ?

– मैले कति प्रतिशत खर्च गर्छु भन्ने भन्दा नि कसैले कसैलाई दुख परेको अवस्थामा रकम संकलन गर्ने क्रममा आफ्नो दक्षतानुसर गर्ने गर्छु ।

९. धादिङबेसीमा घर छ तपाईलाई अवसरहरु यतै थिए यहि बसेर सामाजिक सेवाभाव देखाउनु भएकाभए हुने नी किन विदेश पुगेर यो भाव पैदा भयो ?

-कुनैपनि केन्द्रित ठाउमा घर हुदैमा सामाजिक कार्यमा आवसर प्राप्त गर्नु हुन्न भन्न मिल्दैन, र सामाजिक सेवा गर्नको लागि मनमा आवरको खोजि र प्रतिक्षाको भाब हुनु हुन्न जुन सामाजिक कार्य जहाँ जे जतिबेला गर्न सकिन्छ त्यहि समय गरिन्छ । यसको लागि आफ्नै देशमा बसेर मात्र गर्न सकिन्छ भन्ने हुन्न । र यो मेरो सामाजिक कार्यको भाब पहिले देखिनै थियो र निरन्तर गरिरहने पनि छु, अनि कुनै पनि ब्याक्ति बिदेशिदैमा ठाउ, हावापानी, भाषा आदि परिबर्तन हुन्छ तर उसको भाब परिबर्तन हुन्न ।

१०. युवा विदेश पलायन बारे तपाईको मत के हो ?

-कुनै पनि ब्याक्ति बिदेसिनु उसको रहर हुन्न बाध्यता र सुनौलो भाबी भबिस्य को खोजीमा हिड्नु हो किनकि हाम्रो देश नेपालको अवस्था यस्तो छ कि जहाँ योग्यता र दक्क्षता अनुसारको कुनैपनि कार्य गर्ने अवार प्राप्त छैन यसको केहि कारण हो नेपालको राजनैतिक उतर चडाब जहाँ देश को लागि गलत नेतृत्व गर्ने नेता हरुले देश चलाउने अवसर पाएका छन् ।
अन्त्यमा
म मेरो धादिंगबेशीका दाजुभाईहरुलाई भन्न चाहन्छु कि कुनैपनि पार्टी र नेताको पछि लागेर कुनैपनि निर्दोष ब्याक्तिहरु लाई हानी पुर्याउने र समाज को लागि हानिकारक कार्य नगर्नु हुन भनि हार्दिक अनुरोध गर्दछु ।

यस अधि धादिङपोष्टमा छापिएको कुमार सँग सम्बन्धित समाचार

सधैं चर्चामा, धादिङ देखि अष्ट्रिया सम्म कुमार अधिकारी