धादिङलाई चिनाउने धार्मिक एवं पर्यटकीय स्थलहरु

Avatar photo
Dhadingpost
मङ्लबार, साउन ५, २०७२

उत्तरको हिमालय पर्वतदेखि दक्षिणको महाभारत सम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रुपमा परिचित धादिङ जिल्ला बागमति अञ्चलमा अवस्थित छ । २०६८ सालको जनगणना अनुसार यहाँको कुल जनसंख्या ३,३६,०६७ रहेको छ । कुल १९२४.९ वर्ग कि.मी क्षेत्रफल ओगटेको र प्रसिद्ध गाणेश हिमालको काखमा प्राकृतिक एवं ऐतिहासिक स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । यस जिल्ला नदीनाला, हिमशिखरहरु, ताल, झरनाहरु, गुफाहरु, जैविक विविधता, वनजंगल र जिवजन्तुहरुका साथै धार्मिक एवं ऐतिहासिक स्थल तथा मनै लोभ्याउने मनोरम दृष्यहरुको संगम स्थलहरुको रुपमा रहेको छ । यस जिल्लाभित्र रहेका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलहरु यस प्रकार रहेका छन् ।
sidda lekख) सिद्धलेक :
नलाङ गा. वि. स. वडा नं. १ र सलाङ गा. वि. स. वडा नं. ४ को बीचमा अवस्थित सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलको रुपमा लिइन्छ। सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको उक्त स्थलमा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा श्रद्धालु भक्तजनहरुको ठूलो मेला लाग्ने गर्दछ। त्यसकै साथमा रहेको १५२५ मि. अग्लो देवा डाँडाबाट हेर्दा धादिङ जिल्लाको सल्यानटार बाहेक ४९ वटा गा. वि. स. हरु देख्न सकिन्छ भने अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।
gupteshworघ)गुप्तेश्वरीगुफा
कल्लेरी गा. वि. स. को वडा नं. ९ अर्न्तर्गत पर्ने मुलाबारी गाउँको माथी नाङ्गो डाडामा अवस्थित गुप्तेश्वरी गुफालाई एक रमणीय स्थलको रुपमा लिन सकिन्छ । यहाबाट धादिङका विभिन्न स्थानहरुको मनोरम दृश्यहरुको अवलोकन गर्न सकिन्छ । यस गुफाभित्र थुप्रै जीवहरुको आकृतिसँग मिल्ने दृश्यहरु देख्न सकिन्छ । गाई वस्तु, मानव लगायत खेतबारीको स्वरुपहरु देख्न सकिन्छ । यसैगरी महादेवको मुर्र्ति आकारको साथै गाईको थुनबाट दुध बगिरहे जस्तो पनि देख्न सकिन्छ ।
gagga jamunaङ) गंगा जमुना:
गंगजमुना झरनाफूलखर्क गाउँ विकास समितिको वडा नं. ४ मा पर्ने ढाँडखर्कको सिरानमा अवस्थित गंगा जमुना एक ऐतिहासिक स्थल हो । यहाँ पहाडको उच्च स्थानमा रहेको दक्षिण मोहडा ढाँडखर्कको अत्यन्तै भिरालो जमीनको सतहबाट झन्डै २०० मी. को हाराहारीमा पर्ने गंगा र जमुना नामका दुइवटा झरना पहरावाट तल झर्दा सप्तरंगी इन्द्रेणीको एक अति आकर्षक दृश्य देख्न सकिन्छ । यहाँ देखिने त्यस किसिमको दृश्यले यहाँ त्यहीबेला आकाशबाट नै घाम पानी परिरहेको जस्तो भान हुन्छ । त्यही पहाडमा अनेकन रुप एवं आकृतिको ढुंगाले बनेका मुर्ति देख्न सकिन्छ । सोली घोप्टे पहाडको आकृतिले गंगा जमुनाको झनै आकर्षण वढाएको छ । गंगा जमुनाकै साथमा करिब २०० मी. पर पश्चिम पट्टी रहेको कुकुर धाराको आफ्नै विशेषता रहेको छ । कुकुरले टोकेको मान्छेले त्यहाँ गई नुहाएमा रोगबाट समेत मुक्ति पाइन्छ भन्ने किंवदन्ती रहेको छ ।
tripura sundari 1
च) त्रिपूरा सुन्दरी मन्दिर
सल्यानकोट गा. वि. स. वडा नं. ५ मा रहेको यो त्रिपूरा सुन्दरी मन्दिर एक धार्मिक एवं ऐतिहासिक स्थल हो । प्राकृतिक रुपले उच्च स्थानमा रहेको हुनाले यहाँबाट अनेकन मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट दक्षिण पट्टि रहेको नागबेली आकारले बगेको आँखु नदी र समतल सुकौरा फाँट, पश्चिम तिर सल्यानटारको समथर जमिन, चारैतिर रहेका अग्ला अग्ला डाँडाहरुको हरियाली एवं मनोरम दृश्यहरु देख्न सकिन्छ । यहाँबाट उत्तर तर्फ रहेका उच्च हिम शिखरहरु, प्रशिद्ध गंगाजमुना झरना तथा अन्य प्राकृतिक दृश्यहरु देख्न सकिन्छ । त्रिपुराशु्न्दरीको सल्यानकोट ५ मा नै २ वटा मन्दीर र आगिञ्चोक गा.बि.स. वडा नं. १ मा १ वटा मन्दीर रहेको छ । उक्त देवीलाई मंसीर महिनामा शुभ साईत हेराएर आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरमा झारिन्छ उक्त दिनमा भक्तजनहरुको ठुलो घुईंचोका साथ मेला लाग्ने गर्छ । जसलाई न्वागी जात्रा पनि भनिन्छ । आगिञ्चोक १ सल्यानवेसिमा रहेको मन्दीरबाट फागुन महिनामा दिन हेराएर नै सल्यानकोट ५ स्थित मन्दीरमा लगिन्छ । उक्त दिनमा भने त्यति ठुलो मेला लाग्दैन । सल्यानकोट ५ मा स्थित मन्दीरमा भने चैते दशैं र दशैंको अष्टमी तथा नवमीमा असंख्य वलीका साथ मेला लाग्दछ ।
dhola mandaliछ) मण्डली माई :
ढोला मण्डलीमाईको उत्पतिको किंवदन्ती विचित्र किसिमको छ। ढोला मण्डलीमाईका पूजारी मगरको भनाइअनुसार ढोलाकी मण्डलीमाईको उत्पति भएको समय लगभग १८५० सालतिर हो। त्यतिबेला एकजना देविदास नाम गरेको मगर हलो काट्न भनि वनमा गए। त्यहा“ सालको रुख काट्न लाग्दा बन्चरोको धार नै झ¥यो। सालको µखमा डोब पनि लागेन। यस्तो देखेर ती मगर आश्चर्य मान्दै घरमा आए। भोलिपल्ट धार झरेको बन्चरो लिएर आरनमा गई अर्जापेर ल्याए र फेरि त्यही हिजो काट्न लागेको सालको µख ढाल्न भनी गएर पहिलोचोटि त्यही सालको रुख काट्नेबित्तकै µखबाट रातो रगत बग्न थालेछ। त्यो देखेर ती मगर आश्चर्यचकित हु“दै रुख काट्नै छोडेर घर गए।
बेलुका खाना खाएर सुतेपछि राति सपनामा ”म मण्डली माई हु्“। म यही सालको रुख बसेकी छु । यो सालको µखलाई काट्न प्रयत्न नगर्नू। गाउ“, सहर, राष्ट्र र त्यहा“का निवासी सबैलाई सङकट आइपरेको बेलामा संरÔण गर्नेछु। यस बन्चरोको प्रहारले गर्दा म साहै दुखित छु । मेरो पिडा शान्ति र शन्तोषको लागि एकादशी ,औशि र अरु अहिँसात्मक चाड पर्व बाहेक प्रत्यक मङ्गलबार मात्रै पूजा गर्नका लागि १२ वर्Èभित्रको कुमार केटो हुनुपर्छ। महिलालाई यहा“ आउन र मेरो प्रसाद खान नदिनु बाजा गाजा नाच गान आदि खलबल नगरी एकान्त जँगलमा मेरै सालको फेदमा फलफुल ,धुप ,दीप , नैबेधले पुजा गरी कुमारी बाख्री पठेङ्ग्री ,बलि गरेर पुजा गर्नु । ,पुजापछी प्रसाद फलहरु कसैले पनि सिरमा नलगाई खानुपर्ने प्रसादहरु त्यसै जँगल परिसर भित्रै बसेरसबै भक्रहरुले भोजन गर्नु भनेर सपनामा दिएको भनाइ प्रचलित छ। देश तथा विदेश बाट आयको पूजा सरजाम पनि उसैगरी मँगलबार उसै पुजारिले पुजा गर्ने खाने प्रसादहरु त्यो जँगलबाहिर नलैजान सबै मिलेर त्यसै मण्डलि परिसरमा बसेर खानु पर्छ र खुवाउनु पर्छ । बाहिर लैजान हुदैन यस अनुसार पूजाबिधि भएमा सधैको लागि म प्रसन्न हुन्छु र भक्तहरुले चाहे अनुसार वरदान दिन्छु । भन्दै भगबति मण्डलि देवी अन्तध्र्यान भएको सपना देखेपछि सपनामा देखेको सबै कुरा आफ्ना जहानहरुलाई सुनायो । सबै मगर जातिहरु अति प्रभाबित हुदैँ गाएघर सबैतिर प्रचारप्रसार गर्दै उसै दिनदेखि लिएर मगर जातिय किशोरले मात्र बाख्राको पाठि बलि गर्ने गरी पुजा गन चलन चलिआयको छ र भक्तहरुको घुईचो लाग्छ । प्रतिवर्ष मङ्गलबार नपरे पनि जुनसुकै बार भइपनि बैसाख शुक्ल पूणिमाको दिनमा पाठि बलि गरी नित्य पुजा र प्रत्यक श्रावण महिनामा १५ गते अघिको मँगलबार बाख्री बलिदान नगरी नयाँ पोलेको मकै ,पायस फलफुल तरकारीहरु नैवेध चडाई पुजा गर्ने गरी वर्षको दूई पटक गाउको नित्य पुजा चल्दै आएको छ । कुनै बखत गाउमा आकस्मिक दुर्घटना परेमा क्षमा पूजा भनि पूज ागर्ने चलन छ । नयाँ मकै मण्डलि देबिलाई नचडाई ढोला गाउका मानिसहरु खादैनन् यो परम्परा यथावत् छदैछ । पहिले दलितहµले ढोला मण्डली माईको पूजा गर्न र दर्शन गर्न पाएका थिएनन् । अहिले खुला रुखपमा मण्डलीमाईको दर्शन र पूजा गर्न पाएका छन् । २०५६ साल वैशाख १४ गतेदेखि २०६२ साल जेठ ३० गतेसम्म पुरानो परम्पराअनुसार चलेको थियो भने २०६२ जेठ ३१ गते दलित सेवा सङघका तत्कालिन अध्यÔ गोपाल विश्वकर्माको नेतृत्वमा ५२६ जना दलितका साथ ढोला मण्डलीमाईमा पाठीहµ चढाएर आएदेखि दलितहरले पनि खुलाµपमा पूजापाठ गर्दै आएका छन् !
मलेखु मजुवा पुष्पलाल स्मृति पार्क :
गजुरी गा. वि. स. वडा नं. २ को गोल्मारानी ढाँडमा यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २०० मि. जतिको दूरीमा (मधुमति) मलेखु र त्रिशुली नदीको संगम स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी जति क्षेत्रफल ओगटेको छ ।
ज)खर्के डाँडा:
गजुरी गा. वि. स. वडा नं. २ को गोल्मारानी ढाँडमा यो पार्क रहेको छ । पृथ्वीराजमार्गको दक्षिणपट्टि करिब २०० मि. जतिको दूरीमा (मधुमति) मलेखु र त्रिशुली नदीको संगम स्थलमा रहेको छ । वनबुट्टाहरु रहेको यस स्थलले २०० रोपनी जति क्षेत्रफल ओगटेको छ ।
झ) मण्डली माई :
यो नौबिस गा. वि. स. वडा नं. ६ मा रहेको महत्त्वपुर्ण रमणीय पार्क हो । अन्दाजी १५० रोपनी जग्गामा उत्तर-दक्षिण लम्बिएको आकारमा ड्ढैलिएको यो पार्क काठमाडौंबाट नजिकै त्रिभुवन राजपथसँग जोडिएको छ । नजिकै रहेको सुगुरे सामुदायिक वनले यसको आकर्षालाई अझै बढाएको छ ।
मलेखु मजुवा पुष्पलाल स्मृति पार्क
ग) ज्वालामुखी :
चैनपुर गा. वि. स. वडा नं. ८ र मुरलीभञ्ज्याङ गा. वि. स. वडा नं. ९ को बीचमा झण्डै १४०० मी. उचाइमा अवस्थित ज्वालामुखी महत्त्वपुर्ण ऐतिहासिक स्थलको रुपमा रहेको छ । सो स्थलबाट आँखुको काखैमा रहेको समतल भूमी एवं नेपालका ठूलो टारहरुमध्ये पर्ने सल्यानटारको पुर्व एवं पश्चिममा बग्ने आँखु एवं बूढी गण्डकी नदी देख्न सकिन्छ भने उत्तरतर्फ थुप्रै हिमाली श्रृंखलाहरुको दृश्य देख्न सकिन्छ । यसै गरी यस स्थलबाट धादिङ जिल्लाका ५० वटै गा. वि. स. हरू देख्न सकिन्छ । यस स्थलमा फागु पुर्णिमामा ठुलो मेला लाग्ने गर्दछ ।
क) चमेरे गुफा:
यो गुफा खाल्टे गा. वि. स. को वडा नं. ५ र ७ को बीचमा रहेको नागढुङ्गा डाँडाको पूर्व मोहडा फर्केको पाटोमा रहेको छ। सल्लाघारीको बीचमा अवस्थित यस गुफालाई प्रकृतिको अद्दितीय वरदानको रुपमा लिनु पर्दछ किनकि यस गुफाभित्र ४ तलासम्म पुगी भित्रका आकृतिहरु अड्कल गर्दा आदिम युगमा वर्णन गरिएजस्तै सबै ईश्वरहरु यही नै छन् कि जस्तो भान पर्दछ । हाल यस गुफासम्म पुग्न एउटा गोरेटो बाटो, गुफाको गेटमा खाने पानी धारो र एउटा शिवमन्दिर निर्माण गरएको छ ।
यस लगायत धादिङ जिल्लामा खड्का देवी मन्दिर मैदी, तातोपानी मूल झार्लाङ, भैरवी मन्दिर सुनौलाबजार, खाल्टेको बाहुन बाजा, सलाङको मगर नाच पर्यटकलाई लोभ्याउने कला संस्कृतिले भरि पूर्ण छ धादिङ ।